gulminews logo
बिहीबार, २०८१ बैशाख १३

२४ वर्षपछि भेट भएका गुल्मेली गायक दिपकका आमा-छोराको वास्तविक कथामा यस्तो बन्यो तीज गीत (हेर्नुस् भिडियो)

सन्जु काउछा
साउन १९ । गायक दिपक परियारले नयाँ तीज गीत बजारमा ल्याएका छन् । गायिका सोनाश्री परियारसँगको संयुक्त स्वरमा गायक परियारले नयाँ तीजगीत “हेर्छु मायालाई…..” बजारमा ल्याएका हुन् । गायक परियारलाई दुधे बालक छँदै छाडेकी आमासँग २४ वर्ष पछी भेट भएको खबर केही समय पहिले सामाजिक सन्जालमा भाईरल भएको थियो । आफ्नो गीत त्यही बिषयमा तयार भएको र सत्य घटनाले आम दर्शक श्रोताको मन छुनेमा आफु विश्वस्त रहेको गायक परियारले गुल्मीन्युज डट कमलाई बताए ।

दिपक परियार र सोनाश्री परियारको सो गीत दिपिका म्युजिकको युटुव च्यानलमार्फत गत हप्ता सार्वजनिक भएको हो । गीतमा शब्द र संगित गायक स्वयं परियारको छ भने संगित संयोजन सुदिप सागरको रहेको छ । राग रेकर्डस मार्फत रेकर्ड भएको गीतको मिक्सिङ एचबीएन किस्मतले गरेका छन् भन अडियो भिजुअल सगरमाथा फिल्म्स प्रा.ली.ले तयार पारेको छ ।

बुटवलको सडक छेउमा पुराना कपडा सिलाउदै २०७१ सालबाट सांगितिक यात्रामा लागेका दिपक परिवारले स्नातक सम्मको अध्ययन पुरा गरेका छन् । नेपाली लोक सांगितिक यात्रामा सफलताको खुड्किलो चढ्दै गरेका परियारको यस अघी रोईला गीत “गुल्मी” सार्वजनिक भएको थियो जुन गीतले उनलाई थप चिनाउन सफल भएको थियो ।

गायक परियार आफैले निर्देशन गरेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ जसमा आकृती, कृती, मन्जरी, सुमित, बेल बहादुर, रोश्नी र प्रितीले अभिनय गरेका छन् । त्यस्तै भिडियोको सम्पादन शोभाखर पन्तले गरेका छन् भने सिनेमाटोग्राफी पनी पन्तकै रहेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D