gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

२२ पटक गुल्मी पुगेकी गायिका राधिका हमालको गुल्मीप्रतिको यस्तो मोह जुन कसैलाई थाहा छैन

सुरक्षा भट्टराई
काठमाडौँ । लोकदोहोरी गायनमा परिचित नाम हो– राधिका हमाल । धेरै तीज गीत गाउने गायिकाको सूचीमा पनि उनको नाम आउँछ । आउँदो मार्च ८ र ९ गते कतारमा हुन लागिरहेको ‘कुमारी बुम सुपर स्टार नाइट्स’मा उनी पनि सहभागी हुँदैछिन् । यही कार्यक्रमबारे बुधबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा भेटिएकी हमालसँग सुरक्षा भट्टराईंले गरेको कुराकानी:

केमा व्यस्त हुनुहुन्छ अचेल ?

त्यही त हो, चकाचक कार्यक्रम भइरहेका छन् । नेपाल टुर पनि भइरहेको छ । ‘सुपर स्टार’ कार्यक्रमका लागि चाँडै कतार पनि जाँदैछौ ।

मौसम त तीजको होइन, तैपनि तपाईंलाई भेट्नेबित्तिकै तीजका प्रश्न सोध्न मन लागिहाल्छ । स्वभाविक पनि हो

धेरैले बढी तीज गीत गाउने गायिका पनि भन्छन् । तीजका बेला मैले एउटै सिजमा ५२–५३ वटासम्म गीत गाएकी छु । तीजका बेला गाएका गीतले मलाई एक वर्षसम्म पुग्ने खर्च उठ्छ । तर, पनि मान्छेलाई यो पैसा जति भए पनि नपुग्ने रै’छ । धेरै नयाँ–नयाँ कम्पनीले पनि तीजका गीतमा मेरा स्वर रेकर्ड गराउन चाहन्छन् । जे होस्, खुशी लाग्छ ।

एउटा गीत गाएको कति पारिश्रमिक लिनुहुन्छ ?

ठ्याक्कै यत्ति भन्ने हुन्न । अहिलेसम्म कतिपय गीतहरु ‘फ्रि’मै पनि गाइएको छ भने कतिपयमा सात हजारदेखि चालिस हजार रुपैयाँसम्म लिएकी छु ।

सबैभन्दा बढी पारिश्रमिक लिएको गीतचाँही कुन हो ?

‘छमछम नाचेर देखाउछु दुनियाँ सारालाई’ भन्ने गीतमा मैले सबैभन्दा बढी रकम लिएर गाएकी हुँ । यो गीत अलि फरक खालको पनि थियो । कतिपय गायक–गायिका ‘हामीलाई स्वदेशभन्दा बढी विदेशमा मानसम्मान मिल्छ’ भनेर टिप्पणी गर्ने गर्छन् ।

तपाईंको अनुभवले चाँही के भन्छ ?

म यो कुुरामा सहमत छैन किनभने देश\विदेश जहाँ भएपनि हामीले गाउने नेपाली दर्शकमाझ नै हो । एउटा कुरा के चाँही सत्य हो भने नेपालमा रहेका दर्शकले हामीलाई देखिरहने \बोलिरहने भएकाले त्यत्ति वास्ता हुँदैन । त्यसैले कहिलेकाँही विदेशमा पुग्दाचाँही अलि बढी माया गरेको हो कि भन्ने महसुस हुने रै’छ । स्टेज कार्यक्रममा धेरै ठाउँ पुग्नुभयो ।

अहिलेसम्म सबैभन्दा बढी मन छोएको ठाउँ कुन हो ?
सबै ठाउँ राम्रै हुन्छन् । तर पनि एउटा ठाउँको नाम लिनुपर्दा मलाई गुल्मी एकदमै मनपर्छ । त्यहाँ म २२ पल्ट जति गएकी छु । जति ठाउँमा पुगेपनि मैले त्यहाँ पाएजस्तो माया अन्त कतै पाएको छैन । मलाई बाँध्ने त्यहाँ एउटा अचम्मको डोरी छ जसले मलाई तानिरहन्छ । अर्को रमाइलो कुरा के छ भने मैले त्यहाँ ८ बर्षको बच्चालाई भेटेकी छु जो मलाई हेर्नकै लागि टाढाबाट आएका थिए । उ चाहन्थ्यो कि म उसको घर जाऊँ तर म जान सक्ने अवस्थामा थिइनँ । त्यो बच्चालाई फकाउन मलाई एकदमै गाह्रो भएको थियो । ती ८ वर्षीय फ्यानलाई म सधैँ सम्झिरहन्छु ।

सबैलाई थाहा भएकै कुरा हो– हाम्रो समाज पुरुषप्रधान छ । तपाईंको अनुभवमा महिला कलाकारलाई यो क्षेत्रमा काम गर्न कत्तिको सहज छ ?

मेरो अनुभवमा त बिल्कुलै छैन् । त्यसकारण पनि म आफूलाई भाग्यमानी सम्झन्छु । सायद मैले मेरो जीवनसाथी पनि चाँडै र असल पाएका कारण पनि त्यस्तो कुनै अप्ठेरो परिस्थिति भोग्नु परेन । अर्को कुरा, म जहिल्यै पनि काम गर्नुअघि नै सचेत हुने गर्छ जसकारण मसँग कसैले गलत सर्त राख्न सक्दैनन् । स्टेजमा जाँदा प्रायः म अग्रिम पारिश्रमिक लिने गर्छु । धेरैलाई बिहे गरेपछि काम गर्न असहज भएको सुनेको छु तर मलाई कहिल्यै त्यस्तो भएन ।

सेलिब्रटी हो, फ्यानका प्रेम प्रस्ताव त आउँदो हो । त्यसकै कारण घरझगडा भएको परिस्थिति छ ?
झगडै त परेको छैन तर एउटा केस मैले मेरै श्रीमानको सहयोगमा समाधान गरेको अनुभव चाहीँ छ । ‘अच्चमै राम्रो नाच्छे मोरीले’ गीत आएको बेलामा एकजना फ्यानले मलाई एकदमै पछ्याउनुभएको थियो । त्यतिबेला मैले श्रीमानको सहयोग लिएकी थिएँ । मलाई लाग्छ, कसैले मलाई प्रेम गर्दैमा म दुःखी हुनुपर्ने कारण छैन । कसैले मलाई मन पराउँछ भने यसमा मेरो के दोष ?

अन्त्यमा, त्यस्तो कुनै इच्छा छ जुन तपाई पूरा गर्न चाहनुहुन्छ ?

मान्छे हो, लोभ त भइहाल्छ नि । सधैँभरी अहिलेजसरी नै दर्शको प्रेम पाइरहुँ, बस् यति इच्छा छ।

यो पनि पढ्नुस्

जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा चमकको के अर्थ ?: ईन्जिनियर पाण्डेय

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D