gulminews logo
शनिबार, २०८१ बैशाख १५

१८ जना अट्ने जहाजमा ९ जना मात्र गुल्मी आए, यि हुन् ति भाग्यमानी ९ जना

अनिल खत्री
२५ जेठ, गुल्मी । गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरेको छ । निर्माण कार्य शुरु भएको झण्डै १२ वर्ष पछि शुक्रवार तारा एअरको बिमानले धुले परिक्षण उडान गरेको हो ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा शुक्रवार तारा एअरको नाइन वान अल्फा किलोइको साइनको विमानले परिक्षण उडान गरेको थियो । परिक्षण उडानका लागि पोखराबाट आएको तारार एअरको विमानमा चालक दलका सदस्य सहित ९ जनाको टोली सवार थिए ।

कुल १८ जना यात्रु अट्ने बिमानको उडानबाट पहिलो पटक गुल्मी पुग्ने ति भाग्यमानी ९ जना को को हुन् त ? सबैको चासोको बिषय हुन सक्छ । शुक्रबार अवतरण गरेको जहाजमा क्याप्टेनहरु सन्तोष शाह, प्रभाकरप्रसाद घिमिरे, डिआर निरौला, सब इन्जिनियर नारायण गिरी र पोखरा बिमानस्थल प्रबन्धक निर्देशक भोला प्रसाद गुरागाँई सवार थिए । त्यस्तै जहाजमा सवार अन्यमा तारा एअर पोखरा म्यानेजर राम लामीछाने, फ्लाइट डिस्पोजर सुमन बराल, इञ्जीनियर रमित केसी र राजेन्द्र केसी थिए ।

शुक्रवार बिहान ९ बजेर ३० मिनेटका लागि परिक्षण उडानको सयम निर्धारण गरिएपनि मौषम प्रतिकुलताका कारण दिउँसो अपरान्न ४ बजे तिर मात्रै हवाई जहाज आउन सफल भएको थियो । परिक्षण उडान कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल नागरिक उड्यान प्राधिकरण प्रमुख सञ्जीव गौतम, शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, उद्योग बाणिज्य संघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मेलीहरुको दशकौको जहाज चढने सपना पुरा भएको बताएका थिए ।

उनले गुल्मेलीहरु अब ४५ मिनेटमा गुल्मीबाट काठमाडौ पुग्न सक्ने बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D