gulminews logo
शनिबार, २०८१ बैशाख ८

१० बर्ष बिदेश बसेर फर्केका श्यामले थाले गुल्मीमा चटपटे ब्यापार

सन्तोष महतारा
गुल्मी, पुष ०४ । १० बर्ष बिदेश बसेका गुल्मीदरबार गाउँपालिका गौडाकोटका श्याम बहादुर कार्कीले गुल्मीमा चटपटे ब्यापर थालेका छन् । ३६ बर्षिय कार्की यसअघि १० बर्ष दुबईमा बिताए । उनले अहिले गौडाकोटमै चटपटे तथा पानीपुरीको ब्यापार गर्दे आएका छन् । चटपटे ब्यापारबाटै उनको पाँच जनाको परिवारले जिविकोपार्जन गरेको छ । कार्कीका अनुसार चटपटे ब्यापरबाट घरखर्च राम्रोसँग चलेको र छोरीहरुलाई नास्ता र पढाइ खर्च पनि पुग्ने गरेको छ । उनले जो कोहि पनि बिदेश गएतापनि विदेशबाट ल्याएको अनुभव गाउँमै प्रयोग गरेर सिपको सदुपयोग गर्नुपर्ने बताएका छन् । ‘विदेश जानै हुन्न भन्ने होइन ।’ उनले भने “१० बर्ष दुबईमा बसेर ल्याएका अनुभवले गाउँमै बसेर केहि गरे ।”

विदेशमा मालिकको अधिनमा रहेर , उसले भनेको सबै कुरा मानेर तथा उसकै गोठालो बनेर काम गर्नुपर्ने भएकोले विदेश नजानु नै उपर्युक्त रहेको उनको भोगाई छ । बरु देशमै सानो ब्यापर गर्ने , केहि न केहि गरेर बस्ने तर काम गर्नकै लागि बिदेश जान नहुने उनको सुझाब छ । आफ्नो देश मै बसेर घरपरिवार सँग सँगै बस्न पाइने , आफ्नो गाउँमा आनन्द हुने भएकोले नेपाल जस्तो आफैमा स्वाभिमान र स्वतन्त्र देशका नागरिक अरु देशमा गएर उनीहरुको उपनिवेश बन्न नहुने श्याम बहादुर कार्कीको भनाई छ ।

आफै १० बर्ष बिदेश बिताएर फर्किएका कार्कीले अरुलाई भने विदेश नजान सुझाब दिएका छन् । पेट पाल्नैका लागि विदेश नगएपनि हुने भन्दै उनले अहिले प्रमुख उद्देश्यनै बिदेश जाने भन्ने हरेक युवालाई चुनौती दिएका छन् । पैसा कै लागि विदेश उड्ने कति नागरिक बाकसमा फर्किनु परेको भन्दै कार्कीले अब हरेक युवाहरु स्वेदश मै बसेर केहि न केहि गर्नुपर्ने जोड दिएका छन् । कार्की आफु विदेशमा हेपिएको पीडा, अरुले गरेको तिरस्कार सम्झिएर आफु भावुक बन्ने उनले बताउँछन् । विदेश जान भन्दा त गाउँमै हलो जोतेर, मकै खेती, कोदो खेती गरेर बस्नुपर्ने बताएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D