gulminews logo
शनिबार, २०८१ बैशाख १५

हाटबजार नहुँदा किसान समस्यामा

गुल्मी, पुस १७ । गुल्मी सदरमुकाम तम्घासमा हाटबजार नहुँदा किसान समस्यामा परेका छन्। गाउँमा उत्पादित तरकारी बिक्री गर्न संकलन केन्द्र नहुँदा समस्या हुने गरेको गुनासो उनीहरूको छ। वर्षौंदेखि किसानले हाटबजार सञ्चालन गर्न माग गरे पनि सुनुवाइ हुन सकेको छैन।

पछिल्लो समय सदरमुकाममा सर्वसाधारणको चाप बढ्दै गएको छ। हाटबजारको अभावमा सर्वसाधारणले ताजा तरकारी खरिद गर्न पाएका छैनन्। शनिबार एक दिन हाटबजार सञ्चालन गर्न उपभोक्ताले माग गरेका छन्। फुर्सदिलो समय भएकाले शनिबार हाटबजार सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

‘हाटबजार नहुँदा ताजा तरकारी खरिद गर्न पाएका छैनौं, रेसुंगा नगरपालिका(२ मिलनचोककी बेलकुमारी खत्रीले भनिन्, ‘यति ठूलो बजारमा हाटबजार छैन। उनले विदाको दिन हाटबजारमा गएर आवश्यकता अनुसारका सामग्री खरिद गर्ने उपयुक्त ठाउँ नभएको गुनासो गरिन्। खत्रीका अनुसार शनिबार नियमित बजारसमेत बन्द हुने गरेको छ। गुल्मी उद्योग वाणिज्य संघले शनिबार बजार बन्द गर्दै आएको छ।

हाटबजारमा सबै सामान पाइने र एकै ठाउँबाट किनमेल गर्न सजिलो हुने स्थानीय चन्दा घिमिरेको आशा छ। ताजा तरकारीदेखि घरायसी सामानसमेत पाइने हुँदा हाटबजार सञ्चालन गर्नु पर्ने उनको माग छ। ‘हाटबजार भए गाउँको ताजा तरकारी पाइन्थ्यो, उनले भनिन्, ‘एकैदिन ठाउँबाट सबै सामान किनमेल गर्ने ठाउँ भएन । सदरमुकाममा हाटबजार सञ्चालन भए उत्पादक, क्रेता बिक्रेताको सम्बन्ध हुने उनले बताइन्।

झन्डै पाँच वर्ष अघिसम्म सदरमुकामस्थित चिदीचौरमा हाटबजार सञ्चालन गरिए पनि हाल उक्त स्थानलाई खेलमैदानको रूपमा प्रयोग गरिएको छ। उपयुक्त स्थानको छनोट गरी छिट्टै हाटबजार सञ्चालन गर्न किसानको माग छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D