gulminews logo
मंगलवार, २०८० चैत्र ६

स्वर्गभूमी फाउन्डेसनद्वारा ८ लाख रुपैँया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

कौरव खत्री
बागलुङ ११,जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाँउपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग सोमवार हस्तान्तरण गरिएको छ ।

स्वर्गभूमि फाउण्डेशन गलकोट हरिचौरको संयोजनमा फाउण्डेशनका प्रतिनिधि ईल्शन थापा सहित सहयोगी संस्थाका प्रतिनिधिहरुले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्वदेश तथा विदेशमा छरिएका गलकोटेहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको भन्दै फाउन्डेसन लगायत सहयोगी संघ संस्थाहरु तथा व्यक्तिहरुप्रति आभार व्यक्त गदैं महामारी रोकथाम तथा नियन्त्रणको लागी आगामी दिनमा समेत सबै समाजिक संघ संस्थासँग नगरपालिकाले आवश्यक सहकार्य गरी माहामारी नियन्त्रण गर्नका लागि अगाडी बड्ने बताउनुभयो ।

त्यस्तै ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उद्देश्य र मर्म अनुसार स्वास्थ्य सामाग्रीको सही सदुपयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कोरोना भाईरसको संक्रमणको कारण अप्ठ्यारोमा रहेका नागरिकको उपचारको लागि गलकोट नगरपालिकाले र ताराखोला गाउँपालिकाले संचालनमा ल्याएको अस्थाई कोरोना अस्पतालको लागि आवश्यक स्वास्थ्य सामाग्री विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरि करिव ८ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको स्वर्गुभमि फाउण्डेशनका अध्यक्ष भुपिन्द्र खत्री जानकारी दिनुभयो ।

गलकोट क्षेत्रबाट रोजगारी,अध्ययन तथा पेशा व्यवसायको लागि गलकोट क्षेत्रबाहिर स्वदेश तथा विदेशमा एवं विश्वभर छरिएर रहेका गलकोटेहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पताललाई सामग्री पठाएको उहाँको भनाइ छ ।

स्वर्गभूमि फाउण्डेशनको संयोजनमा गलकोट समाज जापान,गलकोट धुम्टे विकास मन्च काठमाडौं,बागलुङ गलकोट महिला समुह काठमाडौं,गलकोट समाज अष्टेलिया,बागलुङ सेवा समाज क्यानडा,गलकोट समाज युके,निलुवा समाज चमुवा जापान लगायतका सामाजिक संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन गरि संकलित रकमबाट अक्सिजन सहितका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।

गलकोट नगरपालिकाको कोरोना अस्पतालको लागि ७ओटा अक्सिजन सिलिन्डर, र ताराखोला गाँउपालिकाको लागि ३ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । त्यसमध्ये गलकोट समाज युकेले ३ ओटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री खरिद गरि २ ओटा गलकोट नगरपालिका र १ अक्सिजन सिलिन्डर ओटा ताराखोला गाँउपालिकालाई सहयोग प्रदान गरेको गलकोट समाज युकेका प्रतिनिधि तेज भण्डारीले जानकारी दिनुभयो ।

फाउण्डेशनको संयोजनमा अक्सिजन फ्लो मिटर १६ ओटा,रेगुलेटर १६ ओटा, सर्जिकल माक्स २४ थान, एन ९५ माक्स ६८ ओटा, अक्सिजन कि ५ ओटा, फेस शिल्ड ३० ओटा,पल्स अक्सिमिटर २० ओटा, अक्सिजन माक्स २० ओटा,हाईफ्लो माक्स ७ ओटा,पिपिई सेट १५ ओटा, लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २१ प्रकारका स्वास्थ्य सामाग्रीहरु गलकोट नगरपालिकामा हस्तान्तरण गरिएको थियो ।

त्यस्तै ताराखोला गाँउपालिकालाई अक्सिजन फ्लो मिटर ४ ओटा,रेगुलेटर ४ ओटा, सर्जिकल माक्स १४ थान,एन ९५ माक्स ३० ओटा,अक्सीजन कि ३ ओटा,फेस शिल्ड २० ओटा,पल्स अक्सिमिटर ४ ओटा,अक्सिजन माक्स ४ ओटा,हाईफ्लो माक्स ३ ओटा,पिपिई सेट १० ओटा लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २० प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको फाउण्डेशनका स्वास्थ विभाग प्रमुख डा.बोधराज गौतमले जानकारी दिनुभयो ।

गलकोटमा कोरोना माहामारीको समयमा सामान्य सिटामोल,अस्पतालमा बेड, अक्सिजन,औषधीको अभावबाट संक्रमितहरूको उपचार नपाएर ज्यान गुमाउन नपरोस भन्ने लक्ष्य राखेर सहयोग अभियान सञ्चालन गरि स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको भावी दिनमा पनि यस्तै प्रकारका समाजिक कामहरू गरिरहने फÞाउन्डेशनको संचालक समिति सदस्य तथा सुचना प्रविधि विभाग प्रमुख इन्जिनियर विराज सुवेदी जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D