सुरु भयो न्वागी मेला

अनिश शर्मा गैरे
गुल्मी, कार्तिक २८ । बाग्लुङको ग्वालीचौरमा पश्चिमाञ्चल क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला आजबाट सुरु भएको छ । महोत्सब मँसिर २ गतेसम्म सञ्चालन हुन गइरहेको छ ।

यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।

कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।

परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन ।

मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ ।

महोत्सबमा खुल्ला भलिबल प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, अन्तरआमा सÞमुह स्तरिय म्यूजिकल चियर प्रतियोगिता, लगायत कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तुको मुल्याड़कन गरी नगद तथा प्रमाणपत्र बितरण गरीने मेला आयोजक समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिनुभएको छ ।

भलिबलको प्रथम पुरस्कार ८५ हजार ५ सय ८५ मेडल प्रमाण पत्र, द्धितिय पुरस्कार ५५ हजार ५सय ५५ मेडल र प्रमाणपत्र दिइने भएको छ ।

खुल्ला सांस्कृतिक कार्यक्रममा प्रथम पुरस्कार १५हजार ५ सय ५५ र प्रमाणपत्र, द्धितिय पुरस्कार ८हजार ८ सय ८८ र तृतिय पुरस्कार ३हजार ३सय ३३ र प्रमाणपत्र दिइने भएका छन । त्यसैगरी अन्य खेलकुद प्रतियोगीताहरु पनि आयोजना भएका छन । महोत्सबमा करोडौको कारोवार हुने गरेको छ ।

कार्यक्रममा मेला ब्यबस्थापन समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडिगाड गाँउपालिकाका प्रमुख मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता तथा सचिब बिष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

भलिबल खेलमा १६ समुहको सहभागीता रहेको छ भने रेकर्ड डान्स प्रतियोगीतामा २८ समुहले भाग लिएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ