सिमिचौरमा नि:शुल्क सुगर परिक्षण, दुई सयले लिए सेवा

सन्तोष महतारा
गुल्मी, जेठ २५ । गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल (मेलान) गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि:शुल्क सुगर परिक्षण गरिएको हो ।

सुगर परिक्षणमा दुई सुय जनाले सेवा लिएका छन् जसमध्ये १७ प्रतिशत अर्थात् ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले बताउनुभएको छ ।
कार्यक्रममा वडाध्यक्ष पदम प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । सुगर परिक्षण गर्दा सुगर भेटिएका ३४ जनालाई जिल्ला अस्पत्ताल तम्घास रेफर गरिएको छ ।
संस्थाले गत बर्ष १३ औँ स्थापना दिवसको अवसरमा गुल्मीकै मालिका गाउँपालिका नि:शुल्क सुगर परिक्षण शिविर चलाएको थियो । शिविरमा एक सय ५२ जनाले सेवा लिएका थिए जसमा २० जनामा सुगर भेटिएको थियो । उनीहरुलाई जिल्ला अस्पताल तम्घासमा रिफर गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D