gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

साग फुटबलमा नेपाल फेरि च्याम्पियन, जित्यो फुटवल को स्वर्ण पदक

काठमाडौं, मंसिर २४ । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।

फोटो: अन्लाईनखबर डट कम

खेलको ५३ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो । आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ । साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D