Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सरकारको कार्यशैली प्रति असन्तुस्ट रहेको काँग्रेसले बाग्लुङमा विरोध सभा गर्ने - Gulminews

सरकारको कार्यशैली प्रति असन्तुस्ट रहेको काँग्रेसले बाग्लुङमा विरोध सभा गर्ने

काैरव खत्री
बाग्लुङ, २२ फागुन । प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामि फाल्गुन २६ गते बागलुङमा विरोध सभा गर्ने जनाएको छ ।

निर्मला हत्याकाण्ड, ३३ किलो सुन काण्ड, शिक्षक आन्दोलन, वाइडवडि विमान भस्टाचार लगाएत दर्जनौ मुद्धाका बिषयमा सरकारलाई दवाब दिनका निम्ती नेपाली काँग्रेस सभापती शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश सर्मा लगाए नेताहरुको उपश्थितीमा बिरोध कार्यक्रमको आयोजना गरीएको क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बताउनु भयो ।

बागलुङका स्थानिय पालीकामा पुगेर अगुवा कार्यक्रतालाई उक्त कार्यक्रममा सहभागि हुन अपिल गर्दे विरोध सभालाई भव्यरुपमा सफल पारीने बताइएको छ । उक्त अवसरमा अगुवा कार्यक्रता तथा जनप्रतिनिधीसँग भेटघाट सँगै बुधबार निसीखोला गाउँपालिकामा भेटघाट कार्यक्रम भएको हो । क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका उपाध्यक्ष सोभाकुमारी कार्किको बिशेष उपश्थिती रहेको कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं.४ का अध्यक्ष टिकानिधी पौडेल, ५ का अध्यक्षहर्कमान बुढा, ६ का अध्यक्ष सुर्यबहादुर घर्तिमगर, ७ का अध्यक्ष नहकुल कुवँर, ७ वटै वडाका पार्टी अध्यक्ष, वडा सदस्यहरु, गाउँपालिका पार्टी सचिब राजमान बुढा, तरुणदलका वडा सदस्यहरु, शिक्षक संघका पदादिकारी लगाएतको उपश्थिती रहेको कार्यक्रममा आगामि २६ गते हुने जिल्लाको कार्यक्रमलाई सफल पार्न व्यापाक सहभागिता जनाउने निर्णय गर्दे पार्टीको साँगठनिक अवस्था, आगामि प्रदेश तहको निर्वाचन, सरकारले गरीरहेको कामको अवस्था लगाएत समसामहिक बिषयमा छलफल गरीएको हो ।

त्यस्तै ढोरपाटनमा बन्ने भनीएको उत्तरगँगा विधुत आयोजना,मध्यपहाडि लोकमार्गको , अर्नाकोट एयरपोर्ट, सालझण्डी ढोरपाटन सडक लगाएत योजनाका बिषयमा सम्बन्धित निकायमा चाँडो काम अगाडी बढाउन ध्यानाकर्षण गराउने लगाएतका निर्णय भएको बताइएको छ । कार्यक्रम नेपाली काँग्रेस निसीखोला ग्राम सभापती इन्द्रबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D