gulminews logo
बिहीबार, २०८० चैत्र १५

समाजशास्त्रका डिग्री होल्डर सर्टिफिकेट थन्काएर तम्घासमा अटोरिक्सा चलाऊँदै

प्रेम सुनार
बुटवल, पुष ४ । समाजशास्त्रमा मास्टर डिग्री गरेका गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बषिय युवा सन्तोष पन्थी डिग्री सकेर कुनै समय काठमाण्डौको एक क्याम्पसमा समेत पढाउँने गर्दथे । उनैलाई गत डेढ महिना देखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु बोकेको देख्न सकिन्छ ।

९ बर्ष अघि मास्टर डिग्री सकेका पन्थी काठमाण्डौको एनएम कलेजमा पार्ट टाईम पढाउने गर्थे । एक पिरियडको जम्मा दुई सय ५० रुपैया पाउने भए पछि उनलाई त्यसले खर्च चलाउन मुस्कील प¥यो । उनि घर फर्किए । साथीहरु संग मिलेर करिव ७ बर्ष सम्म तम्घास लाँकुरीमञ्मा मझेरी रेष्टुरेन्ट एण्ड फास्टफुट सेन्टर सञ्चालन गरे । स्थानिय तहको गठन पछि सदरमुकामका अन्य केही होटल, रेष्टुरेन्ट जस्तै उनको रेष्टुरेन्ट पनि टाट पल्टीयो ।

उनी त्यस टहरालाई भत्काएर केहि समानहरु बेचेर केहि महिना खाली बस्नु प¥यो । त्यस पछि उनले सदरमुकाम तम्घासको आबश्यकता बुझे । स्थानिय बजार सेरोफोरोमा केन्द्रित सवारी साधनकोे अभाव देख । उनले त्यो अभाव पुरा गर्न अटोरिक्सा किनेर आफै चलाउने निधो गरे ।

अन्ततः बुटवल पुगेर ५ लाख मुल्यको अटोरिक्सा किनेर केहि दिन सम्म सिके । त्यस पछि एकछिन खाली नबसी चलाउन थालेका पन्थी भन्छन, ‘तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो बचाईदो रहेछ ।’

उनले स्कुले जिवन देखि नै सरकारी जागिर खाने सपना साँचेको बताए । तर कतै नमिले पछि डिग्री गरेको सर्टिपिकट दराजमा थन्काएर स्वरोजगारी तर्फ लागेको उनको भनाई छ । उनि भन्छन् ‘हामी नेपालीहरु आफ्नो गाउँ–ठाउँमा काम गर्न लजाउने बाहिर गए ट्वाइलेट पनि सफा गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको हो , काम गर्न लजाउनु हुँदैन” । उनी थप्छन्, “श्रमको सम्मान गरौ त्यसो गर्न सके कोहि पनि बेरोजगार बस्नु पर्दैन ।”

उनि मात्र होईन गत डेढ महिनाको अन्तरालमा ९ वटा अटोरिक्सा तम्घासमा चल्न थालेका छन् । ती मध्ये रेसुङ्गा नगरपालिकामा ७ वटा दर्ता भएका छन । ती सबै अटोरिक्सा चालक कम्तीमा कक्षा १२ सम्म पढेका छन । दयासागर पन्थी स्नातक उतिर्ण युवा हुन । उनले पनि स्वरोजगारीको गतिले माध्यम त्यही अटोरिक्सा रोजे । पन्थी पनि काम गर्न लजाउन नहुने धारण राख्दै जे पाईन्छ त्यही कामबाट सुरु गर्न सके विस्तारै अवसरहरुले आफै पछ्याउने बताउँ छन ।

सिमलटारी, धुर्कोट, ईस्मा, मुसिकोट र ईन्द्रगौडा सम्मको सडक ग्रावेलिङ्ग भई पिच हुन क्रममा रहेकोले अटोरिक्साको माग बढ्दो छ । बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा महिनाको ५० हजार स्वदेशमै बसेर कमाउन सकिने यीनै युवाहरुकै उदाहरण काफी छ ।

बुटवललमा दर्जनौ महिलाहरुले समेत अटोरिक्सा चलाएर मासिक ६० देखि ७० हजार सम्म कमाउने गरेका छन । अर्घाखाँचीमा २ सय भन्दा बढि ट्याक्सी र त्यति नै मात्रमा अटोरिक्सा सञ्चालन गरेर त्यहाँका युवाहरु स्वरोजगारीमा लगेका छन ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D