gulminews logo
मंगलवार, २०८१ बैशाख ११

सत्यवतीले बाँड्यो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

सुरेश थापा
गुल्मी, बैशाख २५ । सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जोहाङ्ग गुल्मीले कृषकहरुलाई ५० थान मिनि टिलर हाते ट्याक्टर वितरण गरेको छ ।

सत्यवती गाउँपालिका का अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष शुवर्ण शाहि शेर्चन वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, सदस्य कृष्ण भण्डारी, सचिव रमा भण्डारी, पत्रकार, कृषि शाखाका कर्मचारी सन्जय कुमार चौधरी लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

४७ हजार ४ सय ७५ रुपैँया पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदान दिई २३ हजार ७ सय ३७ रुपँया ५० पैसामा वितरण गरिएको हो । कृषि व्यवसायमा कम लागत लागोस भन्ने उद्देश्यले विगतका वर्षहरुमा पनि वितरण गरिएको थियो सत्यवती गाउँपालिकाका प्रत्येक कृषकको घरमा ट्याक्टर पु¥याउने उद्देश्य रहेको र कृषकको माग अनुसार ट्याक्टर ल्याईएको आउदा दिनहरुमा कृर्षका माग अनुसार काम गर्ने र सत्यवती गाउँपालिकाले अरु गाउपालिकाले भन्दा कृषि क्षेत्रमा फड्को मारेकोे गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले दावी गर्नुभयो ।

वितरीत मिनि टिलर कृषकहरुले सहि रुपमा सञ्चालनमा ल्याई बढि भन्दा बढि फाइदा लिन र कृर्षिलाई आधुनिकिकरण साथै व्यवसायिकरण गर्न कृर्षकलाई आग्रह गर्दै कृषि क्षेत्रमा गाउँपालिकाले विशेष ध्यान दिएको अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D