सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

काठमाडाैँ, १२ भदाै । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन । शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचालिन । तेस्रो सिजनको नेपाल आइडलको फस्ट रनरअप प्रवीण बेडुवाल भए भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले पाएका छन ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्। एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

सज्जाले नेपाल आइड–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । सज्जा मोरङ पथरीकी हुन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D