gulminews logo
शनिबार, २०८१ बैशाख ८

शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्थापना, छिट्टै एटिम सन्चालनमा आउने

गुल्मी, भदौ ०९ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनर्स्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए ।

यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D