शाईन रेसुङ्गा ११ औं बर्षमा प्रबेश, ४ वटा स्थानमा शाखा बिस्तार

अनिल खत्री
१२ फागुन, गुल्मी । शाईन रेसुङ्गा डेभलपमेण्ट बैक १० बर्ष पुरा गरी ११ औं बर्षमा प्रबेश गरेको छ । बैंकको ११ औ बार्षिक उत्सवका अवसरमा बैकले शुक्रवार रुपन्देहीको तिलोत्तमाको बनकट्टी र मणिग्राम, बुटवलको बेलवास र सैनामैनाको मुर्गियामा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट बैकका निर्देशक तथा भैरहवा शाखाका मुख्य व्यवस्थापक अशोक पौडेल, बेलवास शाखाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी र मुर्गिया शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर केसीले शुभारम्ब गरेका थिए ।

चार वटै शाखा कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बैकले ८० बर्ष पुरा गरेका जेष्ठ नागरीकलाई नगद र अभिनन्दन पत्र सहित तथा आमा समुहका अध्यक्षहरुलाई सीपमुलक तथा व्यवसायीक तालिम आयोजना गर्ने समझदारी पत्र र अभिनन्दन पत्रले सम्मान गरेका थिए । सोही अवसरमा स्थानिय सामुदायीक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई गरीव तथा जेहेन्दार छात्रबृत्ति बितरण गर्न बिद्यालयहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरीएको थियो ।

कार्यक्रममा बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले लगानी, निक्षेप संकलन, कर्जा प्रबाह, कर्मचारीको संख्या र काम, बोनश र सेवाग्राहीलाई दिने सेवा प्रवाहमा डेभलपमेण्टक बैकमा सबैभन्दा उत्कृष्ट भइसकेको उल्लेख गर्दै अहिले राष्टिय स्तरका क बर्गका बाणिज्य बैकहरुसंग सेवा प्रवाहमा प्रतिष्पर्धा गरीरहेको बताए । कार्यक्षेत्र भएका सबै जिल्लाका प्रत्येक घरमा बैक पुग्ने लक्ष्य लिएको जानकारी गराउदै पहिलो चरणमा रुपन्देही जिल्लाका १६ वटै स्थानिय तहमा शाखा खोलेर प्रत्येक नागरीकलाई बित्तिय कारोवारको दायरामा ल्याई सेवा प्रवाह गर्ने योजना रहेको बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

बनकट्टी र मणिग्राम शाखाको उदघाटन गर्दै राष्ट बैकका निर्देशक पौडेलले बित्तिय अनुशासनमा रहेर साइन रेसुङ्गा डेभलपमेण्ट बैकले गरेको प्रगति अनुकरणीय रहेको बताए । उनले शहर बजारलाई मात्र कधेन्द्रमा नराखि गाउ तहमा बैक केन्द्रित हुदा सरकारले लिएको आर्थिक समृद्धिको योजना पनि सार्थक हुने बताए ।

बैकले स्थानिय स्वास्थ चौकिलाई बिरामी उपचारका लागिब एउटा बेड र बिश्रामका लागि ३ वटा वेटिगं चियर प्रदान गरेको थियो । वार्षिक उत्ुवको अवसरमा स्थानीय ५ जना ८० बर्ष पुरा गरेका जेष्ठ नागरीक, ४ वटा आमा समुहका अध्यक्षलाई सम्मान गर्नुका साथै पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयलाई ४ वटा साइकल, ७ वटा टाफिक कचेतना सम्वन्धि होडिगं बोर्ड र सडक डिभाइडर प्रदान गरीएको थियो ।

सोही अवसरमा पर्रोहा उच्च मा बिसंग छात्रबृत्ति बितरण्त्राको समझदारी पत्रमा हस्ताक्षर गर्नका साथै ५ जना जेष्ठ नागरीक र स्थानीय हाबटबजार आमा समुहका अध्यक्षलाई सम्मान गरीएको थियो । कार्यक्रममा बैकका सस्थापक अध्यक्ष थानेश्वर पौडेल सहितका सञ्चालकहरुको उपस्थिती रहेको थियो ।

०६५ साल फागुन ११ गते स्थापना भएको साइन डेभलपमेण्ट बैकमा गुल्मिको साइन रेसुङ्गा बिकास बैक र प्युठानको गौमुखी बिकास बैक समेत मर्ज भई साइनडेभलपमेण्ट बैकमा रुपान्तरण भई यस क्षेत्रका १० जिल्लामा बित्तिय कारोवार गर्दै आएकोे बैकका अध्यक्ष श्रेष्ठले बताए । वार्षिक उत्सवको अबसरमा शाखा बिस्तारसँगै बिभिन्न शाखा कार्यालयहरुले बिभिन्न खाले कार्यक्रमहरु गरेका थिए । गुल्मी शाखाले जिल्लाको धार्मिक स्थाल रेसुङ्गामा सरफाई समेत गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D