gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ११ औं वर्षमा प्रबेश, १ अर्व ६२ करोड चुक्ता पूँजी

अनिल खत्री
११ फागुन, गुल्मी । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड ११ औ वर्षमा प्रबेश गरेको छ । ०६५ फाल्गुण ११ गते स्थापना भएको बैंकले सफलतम १० वर्ष पुरा गरि ११ औं वर्षमा प्रबेश गरेको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैक लिमिटेडमा गुल्मी जिल्लाको तम्घासमा केन्द्रीय कार्यालय रहेको छ ।

वार्षिक उत्सवको अबसरमा बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शुभकामना दिदै यस सुखद अवसरमा बैकलाई यस स्थानमा ल्याई पुर्याउने हुने सम्पुर्ण ग्राहक महानुभावहरू, मार्ग दर्शक नियमकारी र अन्य निकायहरू, कर्मचारी साथिहरू, शेयरधनिज्यूहरू र सम्पुर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

बैकका हाल शाखा संख्या ४० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय रहेको बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दै लैजाने बैकका अध्यक्ष श्रेष्ठले बताए । बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटा मा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउदैँ आएको बैंकका अध्यक्ष श्रेष्ठले बताए ।

बैंकको हाल १ अर्व ६२ करोड चुक्ता पूँजी, १६ अर्व ७० करोड निक्षेप, १५ अर्व ७० करोड कर्जा रहेको बैंका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । २ लाख ग्राहक भएको बैक हाल प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले बनेको छ । बैकले यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय सस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखेको बैकका अध्यक्ष श्रेष्ठले बताए ।

उनले सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D