gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

विश्व रेडियो दिवस: यस्तो छ गुल्मीबाट सन्चालित ७ रेडियोको नालिबेली

हुमाकान्त पोख्रेल
गुल्मी, फागुन १ । गुल्मीमा कुल सात ओटा रेडियोहरु रहेका छन् । सबैभन्दा पहिले २०६४ साल फागुन ७ गते रेडियो रेसुङ्गा स्थापना भयो । ५०० वाट क्षमता रहेको रेडियो रेसुङ्गा दिनमा १८ घण्टा प्रशारण हुन्छ ।

अहिले अनिता खत्रीले यसको स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छिन् । उनी गुल्मीमा हालसम्मकै एकमात्र महिला स्टेशन म्यानेजर हुन् । ०६५ साल कार्तिक १३ गतेबाट रेडियो रुरु प्रशारण भयो । कुल ५०० वाट क्षमताको यो रेडियो १८ घण्टा प्रशारण हुने स्टेशन म्यानेजर युवराज बस्यालले जानकारी दिए ।

गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ, अर्घाखाँचि, रुकुम, रोल्पा तथा प्युठान, दाङ, कपिलबस्तु, पर्वत र म्याग्दीको केहि भागमा रेडियो रुरु सुन्न सकिने स्टेशम म्यानेजर बस्यालले दाबी गरे । ०६६ साल वैशाख १ गतेबाट जिल्ला सदरमुकाम तम्घासमा ‘रेडियो गुल्मी’ ले प्रशारण थाल्यो । कुल २५० वाटको यो रेडियोले पनि १८ घण्टा प्रशारण गर्ने स्टेशन म्यानेजर नवराज भुसालले जानकारी दिए । गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ लगायतका क्षेत्रमा यो एफएफ सुन्न सकिने भुसालले बताए ।

सामुदायिक रेडियोतर्फ जिल्लामै पहिलो पटक ०६७ साल असौज १ गते स्काई एफएम प्रशारण भयो । गुल्मीमा सामुदायिक रेडियोको आवश्यकतालाई महसुश गर्दै गुल्मी तथा अर्घाखाँचीका व्यक्तित्वहरुको सामुहिक पहलमा स्थापना भएको रेडियो स्काई थुप्रै स्रोताहरुको मन जित्न सफल छ । सुरुमा १ सय वाट क्षमताबाट प्रशारण भएको रेडियो अहिले ५ सय वाट क्षमताबाट प्रशारण भईरहेको व्यवस्थापक हरी पाण्डेयले जानकारी दिए । रेडियो स्काई गुल्मी सहित करिब २५ जिल्लामा सुन्न सकिने पनि उनले बताए ।

०७३ सालमा फागुन १३ गतेबाट छत्रकोट गाउँपालिका ३ बाट रेडियो श्रृङ्गेश्वरले प्रशारण सुरु ग¥र्यो । कुल २५० वाट प्रशारण क्षमता रहेको यस रेडियोमा दामोदर ज्ञवालीले स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् । गुल्मीको गुल्मीदरबार, छत्रकोट, रुरु, चन्द्रकोट र सत्यवती गाउँपालिका तथा अर्घाखाँचि, पाल्पा, स्याङ्जा र बाग्लुङको केहि भागमा श्रृङ्गेश्वर एफ् एम् सुन्न सकिने सहायक स्टेशन म्यानेजर भुवन भुसालले जानकारी दिए ।

रेडियो रुद्रावत्री ०७४ साल फागुन ९ गतेबाट प्रशारण भयो । कुल १०० वाट प्रशारण क्षमता रहेको यो २४ घण्टा प्रशारण हुने स्टेशन म्यानेजर बस्यालले बताए । गुल्मी, पाल्पा र स्याङ्जाका केहि भागमा यो एफएम सुन्न सकिने उनले जानकारी दिए ।

मुसिकोट नगरपालिका ७ वामिमा ०७० भदौ १ गतेबाट रेडियो पुष्पाञ्जली प्रशारण भयो । कुल १०० वाट प्रशारण क्षमता रहेको रेडियो दिनमा १८ घण्टा चल्ने स्टेशन म्यानेजर प्रकाश घिमिरेले जानकारी दिए । गुल्मीको मुसिकोट, चन्द्रकोट र मालिका तथा बाग्लुङको बडिगाढ, ढोरपाटन, गलकोट र निसीकोला गाउँपालिकामा यो रेडियो सुन्न सकिने उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D