gulminews logo
मंगलवार, २०८१ बैशाख ४

विवाह लगत्तै बेहुला बेपत्ता, सिसीटिभिमा जीवनबिमाको पैसा बुझाएर हिँडेको भेटियो

प्रेम सुनार
गुल्मी, असोज–२८ । अर्घाखाँचीको पँडेनी गाउँपालिकामा विवाह भएको एक साता नवित्दै बेहुला बेपत्ता भएका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाटै बेपत्ता भएका हुन् ।

उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशै टिकाको तेश्रो दिन विवाह गरेका थिए । जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।

आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’, भट्टराईले भने, ‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।

वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।

त्यहाँबाट अलि माथी सम्म हिँडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।
सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।
उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’

के भन्नु हुन्थ्यो उहाँले ? भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाई टिका सम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’
यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ । नव दुलही विच एक महिना अघि देखि चिनजान भएको थियो ।
विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँसंग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् ।
बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण ग¥यो कि ? भन्ने छ ।
परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम , प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव ग्रस्त हुँदै आज माईती घर पुगेकी छिन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D