gulminews logo
बिहीबार, २०८१ बैशाख १३

विदेशको कमाइ देखाएर नेपालमा ऋण पाइन्छ ? यस्तो छ प्रकृया !

काठमाडौं, १४ पुष । नेपालमा घरजग्गा खरिदका लागि बैंकले ऋण प्रदान गर्ने एउटै आधार हो– ऋणीको मासिक आम्दानी । अर्थात् बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्ने सुनिश्चितता हुने गरी आम्दानी देखाउन सके ऋण प्राप्त गर्न खासै कठिनाइ हुँदैन ।

हाल लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा रहेको र ठूलो संख्यामा नेपालीहरुले विदेशमा स्थायी बसोबाससमेत लिएको अवस्था छ । विदेशमा आर्जित आम्दानी देखाएर नेपालमा घरजग्गा जोड्न खोज्ने हजारौं नेपालीहरुको चासोको बिषय हो– विदेशको आम्दानी देखाएर नेपालमा कसरी ऋण लिने ?

पछिल्लो समयमा नेपालमा निजी क्षेत्रका बैंकहरुले वैदेशिक रोजगारीका क्रममा आर्जित आम्दानीलाई मान्यता दिएर नेपालमा ऋण प्रदान गर्न थालेका छन् । वैदेशिक रोजगारीमा रहेका वा गैरआवासीय नेपालीको कानुनी हैसियत बनाइसकेकाहरुले पनि नेपालका बित्तिय संस्थाहरुबाट होम लोन पाउन सक्छन् ।

ऋण लिने प्रकृया पनि खासै फरक छैन। तर, विदेशको आम्दानी पुष्टी हुने कागजातहरु भने जुटाउनुपर्छ । स्वदेश र विदेशमा रहेका नागरिकले बैंकमा बुझाउने कागजपत्रमा खासै फरक छैन्।

यस्तो छ प्रकृया !

बैंक तथा वित्तिय संस्थाहरुले दिएको जानकारीअनुसार एनआरएनले ऋण लिँदा बैंकमा आफै उपस्थित हुनुपर्छ । तपाईं कुन मुलुकमा बस्नुहुन्छ ? के काम गरिरहनु भएको छ ? मासिक आम्दानी कति छ ?भिषाको अवधि कति छ ? तपाईंले प्रमाण पुग्ने कागजातहरु बैंकमा पेश गर्नुपर्ने हुन्छ ।

नेपालमा बैंकहरुले ३५ बर्ष अवधिसम्मको घरजग्गाकर्जा प्रदान गर्छन । तपाईंले फिक्स्ड र फ्लोटिङ ब्याजदरमध्ये उपयुक्त विकल्प रोजेर ऋण लिन सक्नुहुन्छ ।

एनआरएन होउन् वा स्वदेशमै बस्ने नागरिक, बैंकहरुले घरकर्जा दिँदा सबैभन्दा पहिला हेर्ने तपाईंको आम्दानी हो । तपाईंको आम्दानीले तपाईंको ऋण लिने क्षमता पनि निर्धारण गर्छ ।

एनआरएनको हकमा उक्त आम्दानी कति बर्षसम्म पाउनुहुन्छ भन्ने प्रमाण पुग्ने कागजात पेश गर्नुपर्छ । उक्त कागजात आफुले काम गरिरहेको कम्पनी वा संस्थाबाट लिनुपर्ने हुन्छ ।

तपाईंले जति बढी अवधिको ऋण लिन खोज्नुहुन्छ, त्यति नै अवधिको भिषा अवधि हुनुपर्ने सर्त बैंकहरुले राखेका छन् । भिषा अवधि कम भएको खण्डमा तपाईंले बढी अवधिको ऋण पाउने सम्भावना हुँदैन उदाहरणका लागि तपाईंले पाँच बर्षका लागि घरकर्जा लिँदै हुनुहुन्छ भने तपाईंको भिषा अवधि पनि ५ बर्षको हुनुपर्छ । र, आफुले काम गरिरहेको कम्पनी वा संस्थाको नियुक्तिपत्र, तलव बैंक खातामा जम्मा भएको प्रमाणसहितको स्टेटमेन्ट पनि चाहिन्छ ।

बिदेशको आम्दानीका आधारमा ऋण दिन बैंकहरुलाई पर्ने एउटै समस्या भनेको आयस्रोतको आधिकारिकता पुष्टी हुने दस्तावेज र ऋण अवधिभर आम्दानी हुने सुनिश्चिता नै हो । यदि तपाईं अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ र नेपाल आएर त्यही आयस्रोतका आधारमा ऋण लिने योजना बनाइरहनु भएको छ भने आम्दानी पुष्टी हुने कागजातहरु बनाएरै आउनु उपयुक्त हुन्छ ।

एनआरएनहरुले नेपाली नागरिकता वा पासपोर्ट बैंकमा पेश गर्नुपर्ने हुन्छ । नेपाली नागरिकता पेश गरिसकेपछि अरु प्रकृया सबै नेपालीकै सरह हुन्छ । डकुमेन्ट पनि नेपाली नागरिककै सरह बुझाए पुग्छ ।

नेपाली नागरिकता त्यागिसकेका गैरआवासीय नेपालीहरुको हकमाभने नेपाली बित्तिय संस्थाबाट ऋण लिने कानुनी सुविधा अहिलेसम्म छैन। गैरआवासीय नेपाली नागरिकता कार्यन्वयन भएपछि भने यस्तो सुविधा पाउन सक्नेछन् ।

अबैध बसोबास गर्नेले ऋण नपाउने !

यदि तपाईं विदेशमा अवैधानिक रुपमा लुकेर बस्नुभएको छ भने त्यहाँको डकुमेन्ट देखाएर ऋण पाउनुहुन्न । तपाईं सम्बन्धित देशमा बस्नका लागि भिषा अवधि भएको हुनुपर्छ। कानुनी रुपमा विदेशमा बसेको नागरिकले मात्र त्यहाँको कागजपत्र देखाएर ऋण लिन पाउने बैंकहरु बताउँछन् ।

यदि तपाईंको विदेशको आम्दानीले मात्र घरकर्जा लिन नपुगेमा नेपालमै रोजगारी वा उद्यम व्यवसाय गरिरहेका परिवारका सदस्यहरुको पनि आम्दानी जोडेर घरकर्जा लिन सक्नुहुन्छ । तपाईंले ऋण लिँदा नेपालमा भएका परिवारका सदस्यलाई जमानी राख्नुपर्ने हुन्छ ।

घरजग्गाको ऋण प्रवाह गर्दा बैंकहरुले तपाईंले खरिद गर्न लागेको प्रोपर्टी धितो बन्धक राख्न सक्छन् । वा, तपाईं र परिवारको नाममा रहेको अन्यसम्पत्ति पनि धितो राख्न सक्नुहुन्छ ।

ऋणको आवदेनसँग पेस गर्नुपर्ने कागजातहरु:

✓ ऋण लिने व्यक्तिआफै उपस्थित हुनुपर्ने
✓ कर्जा लिने व्यक्तिको नागरीकता वा पासपोर्ट
✓ पासपोर्ट साइजको फोटो
✓ भिसालागेको पासपोर्टको प्रमाण, तलबीकागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात ।
✓ ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोत सम्बन्धी विवरणहरु
✓ बैंकबाट कर्जा लिनको लागि राखिने धितो (पोपर्टी)को चार किल्ला प्रमाणित भएको लालपुर्जा,
✓ सम्पत्तिको बाटो खुल्ने कागजात,
✓ सम्पत्तिको कर तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
✓ जग्गाको ब्लु प्रिन्ट, ट्रेस
✓ धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजतपत्र,
✓ घरको स्थायी नक्सापास र निर्माण सम्पन्न भएको प्रमाणपत्र

जमानीकर्ताले प्रस्तुत गर्नुपर्ने कागजातहरु

✓ व्यक्तिगत सम्पत्ति र दायित्व विवरण
✓ नागरिकता वा पासपोर्ट
✓ निवास प्रमाण
✓ जमानत बस्ने व्यक्तिको कामगर्ने ठाउँको ठेगाना र विवरण
✓ करचुक्ता प्रमाणपत्र
✓ बैंक स्टेटमेन्ट

-नेपाल होम्स डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D