gulminews logo
बुधबार, २०८१ बैशाख १२

वामी पल्टारका जनताहरु आफै पक्की गोरेटो बाटो निर्माणमा जुटे

अनिश शर्मा गैरे
गुल्मी, पौष ४ । गुल्मीको मुसिकोट नगरपालिको ७ पल्टारका बासिन्दाहरु स्वतस्फुर्त रुपमा सामाजिक कार्यमा जुटेका छन् । पल्टारका सबै बासिन्दाहरुले पक्की गोरेटो सडक निर्माण गर्नै स्वत रुपमा जनश्रमदानमा जुटेका हुन् ।

बिकास निर्माणका कार्यहरुमा जनताको अधिकतम सहभागीता जनाउने र प्रभावकारी तथा दिगो बिकास गर्ने योजनाका साथ नगरपालिकाले ल्याएको ५०/५० अन्तर्गतको कार्यक्रममा जनताहरुले जनश्रमदानका साथ गोरेटो बाटो निर्माणमा तदारुकता देखाएका हुन् ।

पल्टार स्थित कालिकाचोक देखी उपल्लो पल्टार सम्मको २ सय मिटर, फर्निचर देखी उपल्लो मोटरबाटो सम्मको २ सय मिटर तथा लेखनाथ सापकोटाको घरदेखी तार दलितबस्ती सम्मको ५० मिटर गरी ४ सय ५० मिटर गोरेटो बाटोलाइ ब्यबस्थित गर्न थालीएको छ ।

ढुङ्गाले सोलिङ्ग गरी ढलाइ गर्ने गरी करिब डेढ मिटरको गोरेटो बाटो बनाउन लागीएको छ । जसलाइ ढलाइ गरी पक्की पनि बनाइने छ ।

मुसिकोट नगरपालिकाले योजना बनाएको स्माइलीथानपार्क सम्म जानको लागि यो बाटोले ट्रेकिङ्ग रुटको रुपमा काम गर्ने सो सडक निर्माणमा सहभागीता जनाएका वडा नम्बर ७ का निर्वाचित वडा सदस्य बिष्णु कुमाल रानाले बताए । उनका अनुसार सो सडक निर्माणको लागि नगरपालिकाले २ लाख ३ हजार रुपैया बजेट बिनियोजन गरेको छ भने बाँकी सम्पुर्ण जनश्रमदान बाट काम गरीने छ ।

वामी पल्टारका करिब ६० जना बासिन्दाहरु सक्रिय रुपमा जनश्रमदानमा जुटेका समाजसेवी तथा नेकपाका नेता गोपिकृष्ण खरेलले बताए । उनले यसरी सक्रिय रुपमा जनसहभागीता देखिनुले जनताहरु बिकासको गतिलाइ बढाउन आफ्नो तहबाट गर्न सक्ने काम गर्न आत्तुर रहेको कुरा पुष्टि हुने बताए ।

अबको करिब २ हप्ता भित्रमा गोरेटो सडक निर्माण सम्पन्न हुने बिश्वास रहेको अर्का निर्वाचित वडा सदस्य लक्ष्मण खरालले बताए । सडक निर्माणको लागि टिकाराम कुमारको अध्यक्षतामा उपभोक्ता समिति गठन गरीएको थियो ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D