वामिमा नि:शुल्क आँखा शिविर सम्पन्न, २५१ जनाले सेवा लिए

अनिश शर्मा गैरे
गुल्मी, १४ माघ । कृष्णहरी सापकोटा आँखा अस्पताल वामीले नि:शुल्क रुपमा सञ्चालन गरेको दुइ दिने आँखा शिविर सम्पन्न भएको छ ।

आईतबार र सोमबार गरी दुइ दिन चलेको शिविरमा ४१ जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरीएको छ भने जम्माजम्मी २ सय ५१ जनाले उपचार तथा परामर्श सेवा लिएको आँखा उपचार केन्द्रका इन्चार्ज धिरज कुँवरले जानकारी दिए ।

उपचारका लागि आउने बिरामीहरुमा हाइ ब्लड प्रेसर, सुगरका समस्याहरु तथा साना बच्चाहरुमा रतन्धोको समस्याहरु देखिएको कुवँरले बताए । गुल्मी तथा बाग्लुुङ्गबाट बिरामीहरु आँखा जाँचका लागि आएका थिए । उपचारमा चस्मा तथा औषधीको भने न्युनतम शुल्क लिइएको बताइएको छ ।

शिविरमा सर्जरीको लागि पाल्पा लायन्स लाकोल आँखा अस्पतालका डाक्टर अञ्जिता हिराचनको टोली आएको थियो । अस्पतालमा दैनिक चेकजाँच तथा उपचार भने हुँदै आइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ