gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

लोकसेवाको अधिकृतमा ३६८ जना पास, गुल्मीबाट को को परे? यस्तो छ नतिजा (नामावली सहित)

सन्जु काउछा
१३ मंसिर । लोक सेवा आयोगले अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो ।

लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा म्याग्दीका विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।

खुलाबाट नाम निकाल्ने २०२ जना मध्य गुल्मीबाट १४ जनाले नाम निकालेका छन् जसमा मुसिकोट ५ साविकको आँपचौर तल्लाफाँटका खडानन्द खरेलले तेस्रो नम्बरमै नाम निकालेका छन् । त्यस्तै दिगाम २ का गोबिन्द प्रसाद कंडेल, मर्भुङ ३ का मेघराज अर्याल, धुर्कोट ६ का रुद्र बहादुर पछाँई, सत्यवती १ का गंगाधर पाण्डेय र मालिका ६ का प्रेमचन्द्र अर्याल नाम निकालेका छन् । त्यस्तै ईस्मा ५ का खुम बहादुर घर्ती, रेसुङ्गा १० का रेनुराम ज्ञवाली, वडागाउँ ८ का नवराज भण्डारी, दरवारदेवीस्थान ७ का राजीव पन्थी हुँगा १ का लक्ष्मण पाण्डेय, रेसुङा ९ का सन्तोष गैरे र म्यालपोखरी २ का त्रिलोचन भट्टराईले पनि अधिकृतमा नाम निकालेका छन् । गुल्मी जिल्लाका ५ जनाको नाम भने बैकल्पिकमा परेको छ । बैकल्पिकमा नाम निकाल्नेमा रेसुङ्गा १० का लक्ष्मण घिमिरे, वाग्ला ७का रामजी घिमिरे, धुर्कोट राजास्थल ३ का राजन के.सी, वग्ला ३ का सुन्दर पन्थी र रुरु ८ का निरन्जन ज्ञवाली रहेका छन् ।

देशभरबाट महिला कोटाबाट ५३ जना पास भएकोमा गुल्मी जिल्लाबाट २ जना महिला पास भएका छन् भने २ जनाकै नाम बैकल्पिकमा परेको छ । परिक्षा पास गरेर महिला कोटाबाट अधिकृतमा नाम निकाल्नेमा बलेटक्सार ४ की सविना ज्ञवाली र रेसुङ्गा २ कि मायाँ कुँवर रहेका छन् । त्यस्तै वाग्ला ७ के सिता घिमिरे र दिगाम ६ की सिता कुमारी घिमिरेको नाम भने बैकल्पिकमा निस्केको छ ।

आदिवासी जनजातीबाट ४७ जनाको नाम निकालिएकोमा गुल्मीबाट कसैको नाम परेको छैन न त १९ बैकल्पिकमा नै पर्‍यो । देशभरमा मधेसीबाट ३७ जना र दलितबाट १६ जनाले अधिकृतमा नाम निकालेकोमा गुल्मीबाट कोही पनि परेका छैनन् तर जोहाङ ६ गुल्मीका झबिन्द्र बहादुर गैरे बैकलिपमा परेका छन् । पिछडिएको क्षेत्रबाट ७ जनाको नाम निस्केको छ भने अपांगको कोटा तर्फबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन् । अपांगको कोटाका ६ जना मध्य गुल्मीबाट दोहली ८ का चन्द्रकान्त बस्नेतले नाम निकालेका छन् ।

हेर्नुहोस् विज्ञापन नम्बर १६६८३/०७३–७४ को अधिकृतको नतिजा

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D