लोकगायक नबिन भट्टराईको तेस्रो लोक कोसेली “आमा” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
चैत २४ । लोक दोहोरी गायक नबिन भट्टराईको तेस्रो लोक कोसेली “आमा” बजारमा आएको छ । अघिल्लो पटक पहिलोपल्ट नेपालकी चर्चित नायिका प्रियंका कार्कीलाई लोकदोहोरी गीतमा नचाएर नौलो प्रयोग गरेका गायक भट्टराईले यसपाली आफ्नो नयाँ गीत “आमा” बजारमा ल्याएका हुन् ।

चर्चित सर्जक शिव सुबेदीको लय तथ शब्द संकलन रहेको गीत गायक भट्टराईले आफ्नै युट्युब च्यानल मार्फत आईतवार सार्वजनिक गरेका हुन् । गीतको संगित संयोजन बि.बी. अनुरागीले गरेका छन् । आफ्नो जन्म गाउँ गुल्मीको ढुसेनी र कर्मथलो फिन्ल्यान्डको हेल्सिन्कीमा छाँयाङ्कन गरिएको गीतको म्युजिक भिडियोमा गायक भट्टराई स्वयंले अभिनय गरेका छन् । भट्टराईका अलावा उनका आफ्नै बुवा-आमा र गाउँले दौँतरीहरुलाई समेत भिडियोमा देख्न सकिन्छ । आफु जन्मेको गाउँको सुन्दरतालाई बडो कलात्मक ढंगले गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

स्‍मृति तिमील्सिनाले निर्देशन गरेको भिडियो प्रकाश धमालाले सम्पादन गरेका छन् । भिडियो गुरुआमा फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको हो ।

बिगत १ दशक देखी युरोपमा रहेर ब्यवसाय गरिरहेका भट्टराईले गीत संगितलाई पनि सँगसँगै अगाडि बढाईरहेका छन् ।

तिम्रै झल्को दियो, नसोध कसैले बोलको लोक दोहोरी संग्रह मार्फत ब्यवसायिक सांगितिक यात्रा सुरु गरेका भट्टराईले पछील्लो समय सांगीतिक बजारमा आफ्नो ब्यस्तता बढाउन थालेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D