gulminews logo
शनिबार, २०८१ बैशाख २२

लकडाउनलाई प्रभावकारी बनाउन गुल्मी-पर्वत जोड्ने पुलमा बार

गुल्मी, चैत २४ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको इमिचौर जोडने पुलमा बार लगाइएको छ।

लकडाउनलाई प्रभावकारी बनाउन आवतजावतमा रोक लगाई भीडभाड कम गर्नका लागि पुललाई बन्द गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । थापाका अनुसार त्यस पुलबाट आवतजावत धेरै हुने भएकाले र लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो अभियान चालिएको दाबी गरे।

यता पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले पर्वतका व्यक्ति पर्वतमै बस्न र गुल्मीका मन्छे गुल्मीतर्फ नै बस्नका लागि पुलमा दुबै तर्फबाट बार लगाइएको बताए। भुसालले लकडाउनको अवधिसम्म दुबै तर्फको बारलाई जारी राख्ने लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो कार्य गरिएको बताए।

त्यस पुलबाट मान्छेहरू मात्र हिड्ने भएकाले त्यस्तो समस्या केही नपर्ने र बिरामी बोक्नका लागि दुबै तर्फका मोटरेबल बाटो भएकाले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने दाबी गरे। -थाहा खबर डट कमबाट

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D