gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो सेवा सुरु

अनिल खत्री
२३ माघ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आजबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको हो ।

प्रशासनले सेवा ग्रहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण अत्याबश्यक बाहेकका सेवा स्थगन गरेको थियो । आइतवार, सोमवार रुरुक्षेत्र गाउँपालिका र सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

त्यस्तै मंगलबार, बुधवार मुसिकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । विहीवार, शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, धुर्कोट र छत्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पालोअनुसार स्थानीय तहका नागरिकले नागरिकता सम्बन्धी सेवा लिन पाउने प्रशासनले जनाएको छ । राहदानी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धी कार्य अर्को सूचना प्रकाशन नभएसम्मको लागि सूचारु नहुने प्रशासनले जनाएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धी अनिवार्य बनाउनु पर्ने आवश्यकता भएमा सेवाग्रहीले आवश्यकताको कारण र आधार समेत खोली निवेदन दिएमा विवरण दर्ता गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मतदाता नामावलीको विवरण संकलन कार्यको लागि जिल्ला निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्नु सेवा ग्रहीमा हुन अनुरोध गरेको छ ।

सेवा लिन आउदा खोप कार्ड (फोटो भए पनि हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D