gulminews logo
शनिबार, २०८१ बैशाख २९

रेसुङ्गा वनमा भिषण आगोलागी सिडियो सहित सेना प्रहरीको ठुलो त्यस तर्फ

प्रेम सुनार
गुल्मी, फागुन ३० । आज साँझपख गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रको गौशलाबाट सल्कीएको आगो अति वेला जताततै फैलिएर भिषण बनेको छ । आगो स्थानियका नियन्त्रण भन्दा बाहिर गए पछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तम्घास वजारवासी नियन्त्रणका लागि आफुहरु त्यस तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

गुल्मीको धागीधुम ब्यारेकमा रहेको नेपाली सेना विरभद्रजंग गुल्मबाट सुरु मै एक सेक्सन टोली उपसेनानी सुरेन्द्र थापा क्षेत्रीको कमाण्डमा त्यस तर्फ पठाईएको गुल्मीपति सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरी वल गुल्म उर्लेनी व्यारेक र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली जाँदै गरेको प्र.जि.अ. अर्यालले बताए ।

रेसुङ्गा वन यहाँको प्रशिद्ध धार्मिक क्षेत्र , ऐतिहाँसक तपोभुमि रहेकोले त्यहाँ अरवौं मुल्य वरावरका भौतिक संरचनाहरु छन् । प्रशस्त जंगली जनवार र चराचुरुङ्गी र वहुमुल्य जडबुटी र महत्वपुर्ण वनस्पती रहेकोले पनि त्यसलाई बचाउने प्रयासमा यहाँको सवै पक्ष वर्षेनी आगोलागि नियन्त्रणमा जुट्ने गर्दछन् । आगो फैलिँदै गए साविकको पराल्मी गासि, अर्खले , वलिथुम, गौडाकोट यता दुविचौर र तम्घास सम्मका हजारौ जनता खतरामा पर्न सक्छन । माथी वन क्षेत्रमा पानी नभएकोले तल वजारबाट स्थानियले पानी वाल्टीमा बोकेर विगतमा लैजाने गर्दथे ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D