gulminews logo
शनिबार, २०८१ बैशाख १५

रेसुङ्गा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा शाैचालयको समस्या, अन्य रोगको जोखिम पनि उत्तिकै

सन्ताेष महतारा
गुल्मी, २७ असार / गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा शाैचालयको असुविधा भएको क्वारेन्टाइनमा बसेकाहरुले गुनासाे गरेका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का ज्ञानीश्वर पन्थीले आफुहरुलाई श‌ाैचालयकाे असुविधा भएको गुनासो गरेका हुन् ।

`क्वारेन्टाइनमा २५ जना भन्दा बढी छौँ ।´ पन्थीले गुनासो गर्दै भने “पुरुष , महिला र अपाङ्ग सबैको लागि एउटै शाैचालय भएकोले समस्या भएको छ ।” क्वारेन्टाइनमा खुट्टाको समस्या भएका एक फरक क्षमता भएका ब्याक्ति सँगै पुरुष र महिला गरी २५ जना भन्दा बढी छन् । क्वारेन्टाइनमा रहेकी भुमकुमारी विकले पनि शाैचालयकाे धेरै नै समस्या रहेको गुनासो गरिन् । कपडा धुने नुहाउने त टाढा कै कुरा , २५ जनालाई एउटै शाैचालय छ , त्यो पनि एकदमै फोहोर´ उनले भनिन् “यहाँ त कोरोना भन्दा अन्य राेगकाे त्रास बढेको छ ।”

क्वारेन्टाइन मै रहेकी अर्की महिला कल्पना पाण्डे पनि भारत बाटै आएकी हुन् । उनको सानो बच्चा छ । `निरन्तर पानी परिरहने त्यसैमाथि शाैचालय टाढा छ ।´ उनलेे गुनासो गर्दै भनिन् “चर्फी जाँदा पनि रुज्दै भिज्दै जानुपर्छ ।” शाैचालय एउटा मात्रै भएकोले आफुहरुलाई धेरै समस्या भइरहेको उनको गुनासो थियो । उनकै आफन्त एक जना खुट्टाको समस्याका कारण अपांग छन् । उनी पनि त्यही शाैचालय प्रयोग गरिरहेका छन् । अपांग खुट्टाले नै बल्लतल्ल हिडेर चर्फी जानु पर्ने बाध्यता उनलाई छ ।

क्याम्पसमा प्रत्येक तल्लामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शाैचालय छन् । तर पनि त्यहाँ क्वारेन्टाइनमा रहेकाहरुलाई एउटा मात्रै शाैचालय खुल्ला गरिएको छ । शाैचालयकाे लागि पनि पर्याप्त पानी उपलब्ध नभएको क्वारेन्टाइनमा बसेकाहरूले गुनासो गरेका छन् । क्वारेन्टाइनमा रहेका पन्थीले आफु भारतबाट आएकोले आफुमाथि घृणित व्यबहार भएको गुनासो गरेका थिए । यस बिषयमा यसअघि नै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखालाई समेत जानकारी छ । तर सबै मुखदर्शक नै बनेका छन् ।

नगरपालिकाले अहिलेसम्म शाैचालय व्यवस्थापनमा बेवास्ता गरेको छ । हामीले जानकारी गराएपछि मात्र वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर पाण्डेले अब वैकल्पिक उपाय अपनाउने बताए । शाैचालय कै कारण विभिन्न राेगहरु उत्पन्न हुन सक्ने भन्दै त्यस क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुलाई अन्य विद्यालयमा सार्न पहल गरिने पाण्डेले जानकारी दिए । तत्काल कोरोनाको जोखिम कायमै रहेकाले त्यहाँ व्यवस्थापनमा कठिनाई रहेको उनको भनाइ छ । उनले नगरपालिकासँग समन्वय गरेर छिट्टै यस समस्याको समाधान गर्ने बताए ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D