टोपलाल अर्याल
गुल्मी, ३० फागुन । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना तरकारी ब्लक विकास अभिमुखिकरण गोष्ठी सदरमुकाम तम्घास सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजनामा आयोजना गरिएको गोष्ठीमा वडा नं ४, ७, १० र ११ का वडाध्यक्ष, ब्लक संचालक समिति र तरकारी कृषकहरुलाई अभिमुखिकरण गरिएको हो ।
व्लक संचालकहरुको काम कर्तव्य र अधिकार साथै कानुनी व्यावस्था र अहिलेको अवस्थाका बारेमा जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गर्दै पन्थीले कृषी क्षेत्रका थुप्रै संभावनाहरु भएपनि मानिसहरुका काम गर्ने इच्छाशक्ति कम भएको बताए । उनले कृषकको समस्यामा सिङ्गो जिल्ला कृषी विकास कार्यालय र स्थानीय तहहरु भएकाले व्यावसायीक कृषी खेतीमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।
त्यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्ति अर्यालले बेरोजगार युवाहरुको बिदेश पलायन रोक्ने राज्यको पहिलो आधार उद्योग र कृषी भएकाले अब सवै स्थानीय तहहरु योजनाका साथ अगाडी बढ्नुको बिकल्प नभएको बताए । रेसुङ्गा नगरपालिकाको कार्यबहाक अध्यक्ष तथा प्रमुख अतिथी पदम अर्यालले कृषी क्षेत्रको विकास कसरी गर्ने भन्ने बिषयमा नगरपालिका दैनिक छलफल र गृहकार्यमै भएकाले केहि समयमै नयाँ कामको शुरुवात हुने बताए । साथै उनले बजारी करणको समस्या र वस्तुको उचित मुल्यका लागि पनि नगरपालिका गम्भिर ढङ्गलेलाई लागेको प्रतिक्रिया दिए ।
अर्यालले अलपत्र अवस्थामा रहेको तम्घासको हाट बजार पुन: संचालनको अन्तिम चरणमा पुगिएको समेत जानकारी दिए । कार्यक्र ब्लक संचालक समितिका अध्यक्ष टीकाराम गौतमको अध्यक्षता तथा प्राविधिक सहायक चेतनारायण पन्थीको संचालनमा सम्पन्न भएको थियो ।