रेसुगां नगरपालिका १३ मा व्यवसायिक च्याउ खेति तालिम सुरु

हुमाकान्त पोखरेल
११ वैशाख, गुल्मी । रेसुगां नगरपालिका वडा नम्बर १३ मा व्यवसायिक च्याउ खेति तालिम सुरु भएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा तालिम सुरु भएको हो ।

तालिममा रेसुङ्गा नगरपालिका १३ का २० जनाले सहभागिता जनाएका छन् । दैनिक ६ घण्टासम्म संचालन हुने तालिम ६५ दिनसम्म संचालन हुने वडाध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए । किसानलाई कृषिमा आत्मनिर्भर बनाई आर्य आर्जन गराउने उदेश्यले च्याउ खेति तालिम सुरु गरिएको खत्रीले जानकारी दिए ।

तालिममा रेसुगां नगरपालिकाका प्राविधिक हरी पन्थी र माया भुसालले प्रशिक्षण दिएका छन् । किसानलाई आत्मनिर्भर बनाउनकै लागि रेसुगां नगरपालिकाले विभिन्न कार्यक्रम पनि संचालन गरेको जनाएको छ । जसअन्तगत सबै किसानको बाख्राको बीमा गर्ने, सिचाँईका काम गर्ने, कागजी, सुन्तला लगायतका विरुवा लगाई व्यवसायीक खेतितर्फ किसानहरुलाई उत्साहित गरेको वडाध्यक्ष खत्रीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D