gulminews logo
सोमबार, २०८१ बैशाख २४

रूरू जलविद्युतका लगानीकर्तालाई २१ प्रतिशत लाभांश

काठमाडौं, भदौ ०३ । रूरू जलविद्युत परियोजनाले विगत दुई आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश सहित कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैशाख २० गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार सुरु गरेको यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी बैशाख ३ गते बाँडफाँड गरेको थियो ।

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो ।

कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D