gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रुपन्देहीमा प्रशासनको कडाई, बजार पसल ८ घण्टा मात्रै खुल्ने

बुटवल, साउन २५ । रुपन्देहीमा समुदायस्तरमा समेत कोरोना संक्रमण देखा परेपछि स्थानीय प्रशासनले सजगता अपनाउँदै कडाई गर्ने भएको छ । स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न पाउने गरी नयाँ नियम लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार बसेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले संक्रमण फैलिन नदिन सो निर्णय गरेको हो ।

जिल्लाका विभिन्न सबै पालिकामा एक क्वारेन्टाइन व्यवस्था गर्न समेत अनुरोध गरेको छ । बैठकले साप्ताहिक रुपमा लाग्ने हाटबजार सञ्चालन नगर्न स्थानीय पालिकालाई अनुरोध गर्ने, बढी भिडभाड हुने प्रकृतिका कार्यालयहरु र अन्तराष्ट्रिय सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएकाको पिसीआर परिक्षणका लागि आवश्यक सामग्री उपलब्ध गराउन केन्द्रिय संकट व्यवस्थापन केन्द्रसँग अनुरोध गर्ने जस्ता निर्णय गरेको छ ।

यस्तै संक्रमण दर तीव्र गतिमा बढ्दै गएको अवस्थामा रुपन्देही पनि जोखिममा रहेकोले भारतसँग प्रत्यक्ष सीमाना जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आवतजावत पूर्णतया रोक लगाउने र बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर आदि कार्य बन्द गराउने निर्णय भएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । बैठकमा उद्योगी व्यवसायीका प्रतिनिधी, जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला समन्व्य समिति, पालिका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D