gulminews logo
मंगलवार, २०८० चैत्र ६

रिडी हाइड्रोले रैराङ हाइड्रोलाई गाभ्ने, रिडीभन्दा रैराङको दायित्व बढी

काठमाडौं, कार्तिक २२ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने भएको छ। मर्जरका लागि दुबै संस्थाबीच कात्तिक १७ गते समझदारी भएको छ।

सहमतिसँगै दुबै कम्पनीको तर्फबाट संयुक्त मर्जर समिति बनेको छ। मर्जर सम्झौतासँगै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ।

रिडी हाइड्रोको चुक्ता पुँजी ५८ करोड ५५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७ करोड ३९ लाख रुपैयाँ छ। कम्पनीको दीर्घकालिन दायित्व ५१ करोड ४९ लाख रुपैयाँ छ।

यता रैराङको चुक्ता पुँजी ५६ करोड रुपैयाँ छ। जगेडा कोषमा ७ करोड ५३ लाख रुपैयाँ छ । कम्पनीको दीर्घकालिन दायित्व एक अर्ब ३० करोड रुपैयाँ छ।

गत बर्षको वित्तीय विवरण अनुसार, रिडीको खुद नाफा सात करोड २८ लाख रुपैयाँ छ। रैराङले भने ५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ। बराबरी हैसियतमा गाभिए पुँजी एक अर्ब १४ करोड रुपैयाँ पुग्ने छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D