gulminews logo
शनिबार, २०८१ बैशाख १५

राष्ट्रपतीलाई स्वागत गर्न भुवाचिदी बजार बिच बाटो हुँदै “रेड-कार्पेट”

सन्जु काउछा
फागुन ०४ । राष्ट्रपती बिद्या देवि भण्डारीलाई गुल्मीको भुवाचिदीमा बजार हुँदै कार्यक्रम स्थलसम्म रेडकार्पेटमा स्वागत गरिएको छ । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सवको कार्यक्रम उद्घाटन गर्न गुल्मी आएकी भण्डारीलाई भुवाचिदी बजारबाट कार्यक्रमस्थल त्रिभुवन माबिको स्टेज सम्मै रेड कार्पेटमा स्वागत गरिएको हो ।

राष्ट्रपती भण्डारीको स्वागत स्वरुप कार्यक्रम स्थल सम्म करिब २५० मिटरको दुरीबाट पहिला भुँईमा रातो माटो बिच्छाएर त्यस माथी रातो कपडा बिच्छाईएको थियो । “सम्माननीय राष्ट्रप्रती ज्युको सम्मान स्वरुप उहाँको स्वागतको लागि, रातो कार्पेटको ब्यवस्था गरिएको हो” स्वर्ण महोत्सबका प्रचार प्रसार संयोजक रबिलाल पौडेलले गुल्मीन्युजसँग भने, “हेलिप्याड देखी भुवाचिदी बजार हुँदै कार्यक्रम स्थलसम्म करिब २५० मिटर जतीमा रेड कार्पेटको रुपमा रातो तुल बिच्छाईएको हो ।”
red carpet
भण्डारीले रुरु संस्कृति साधारण माविकको सतबार्षिकीको उद्घाटन पस्चात कालीगण्डकीमा स्नान र ऋषिकेशव मन्दिरको दर्शन गरी त्रिभुवन माविको स्वर्ण महोत्सवको उद्घाटन तथा संबोधन गर्न हेलिकप्टरमार्फत भुवाचिदी पुगेकी थिईन् । भण्डारीले भुवाचिदी पुगेर शिक्षा क्षेत्रको विकासको लागि राज्यको मात्रै मुख ताकेर नहुने बताइन् । उनले राज्यले सामुदायिक बिद्यालयमा धेरै लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो आइरहेकाले कम्जोरीहरुको समिक्षा गर्नुपर्ने खाँचो रहेको बताइन् ।

स्वर्ण महोत्सवमा झण्डै दुई करोड आर्थिक संकलन

गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सवका लागि झण्डै दुई करोड आर्थिक संकलन भएको छ । स्वर्ण महोत्सव मुल आयोजक समितिका प्रचार प्रसार संयोजक रबिलाल पौडेलका अनुसार महोत्सवका लागि एकै व्यक्तिले २० लाख सम्म सहयोग गरेका छन् । बिद्यालयले स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तरको विकास गर्न सोहि बिद्यालयका पूर्व बिद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको पौडेलले बताए । त्यस्तै हेमकला रायमाझीले पाँच लाख पाँच सय ५५ रुपैयाँ बिद्यालयलाई चन्दा प्रदान गरकी छन् । अहिलेसम्म छ सय ४४ जना चन्दादाताबाट एक करोड ८५ लाख संकलन गरिएको छ । महोत्सव ४ फागुनदेखि ७ गतेसम्म बिबिध कार्यक्रमहरु साथ सम्पन्न हुँदै छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D