Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
म हार्नुपर्ने कुनै कारणै छैन, बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ: चन्द्र भण्डारी - Gulminews

म हार्नुपर्ने कुनै कारणै छैन, बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ: चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले देश र जनतालाई जहिले पनि अन्धकारमा राख्ने कम्युनिष्टहरुबाट परिवर्तनको आशा गर्न नसकिने बताएका छन् । उनले कम्युनिष्टहरुको इतिहास कहि पनि गतिलो नभएको पनि बताए ।

भण्डारीले दलीय गठबन्धन सकारात्मक भएको प्रतिक्रिया पनि दिएका छन् । नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले लोकतान्त्रिक र वामपन्थीका गरी दुई शक्ति भए नेपालको राजनीतिमा सकारात्मक अभ्यास हुने बताए ।
गठबन्धनका कारण भाग खोसिएका कार्यकर्ताहरुको राजनीतिक भविष्यका बारेमा सोच्न उनले दलका शीर्ष नेताहरुलाई आग्रहसमेत गरे ।

कम्युनिष्टमाथि खरो टिप्पणी गर्दै नेता भण्डारीले कम्युनिष्टहरुको इतिहास कहि पनि गतिलो नभएको भन्दै भाषण मात्र गर्ने र जनतालाई सधै अन्धकारमा राख्नेहरुसँगबाट परिर्वतन सम्भव नभएको दावी गरे ।

‘राणा, पञ्चायत, राजतन्त्र सबैसँग लडेर कांग्रेस बिजयी भएको इतिहास छ, अब हामी अन्तिम लडाइँ कम्युनिष्टसँग बाँकी छ’ उनले भने ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार नेता भण्डारीले यस क्षेत्रमा आफ्नो जित कसैले रोक्न नसक्ने दाबी गरे । गुल्मी जिल्लालाइ नेपालको नमुना बनाउने काम गरेको भन्दै उनले जनताले त्यसको मुल्यांकन गर्ने बेला आएको समेत बताए ।

‘गुल्मी क्षेत्र न १ बाट म प्रतिनिधिसभाका उम्मेदवार बनेको छु, हार्नुपर्ने कुनै कारणै छैन, बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ ।’ उनले थपे- ‘कामलाइ महत्व दिन्छु र प्रचारबाजी र झुटा कुरा गर्न मलाइ आउँदैन ।’

भण्डारीले आफू निर्वाचनका बेलमा मात्र नभइ सधैं जनताकै बिचमा रहेर काम गरिरहेको बताए । गुल्मी क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य भण्डारीलाई वाम गठबन्धनबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चुनौति दिँदैछन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D