रवि ओड बने दोस्रो नेपाल आइडल

काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए । उनले होन्डा डब्लुआरबी गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् । तेस्रो हुने सुमितले १२ लाख र थर्ड चौथो भएकी अस्मिताले होन्डाको स्कुटी प्राप्त गरेका छन् । शीर्ष ४ प्रतिस्पर्धी सबैले सांगितिक कार्यक्रमको लागि विश्व भ्रमणको अवसर पनि प्राप्त गर्नेछन् ।

हजारौं प्रतिस्पर्धीहरुबाट चुनिएर नेपाल आइडल सिजन २ को फाइनलमा रवि , विक्रम, सुमित र अस्मिता पुगेका थिए ।

नेपाल आइडल २ को विजेता घोषणा भएपछि भावुक बनेका रविले यो जित चारै जनाको भएको बताए । त्यस्तै रविले यो जित आफ्नो मात्र नभएर फाइनलका ४ जना प्रतिस्पर्धीको भएको प्रतिक्रिया दिए । आफ्नो सफलताको लागि सहयोग गर्ने र माया दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे ।

एपिवान एचडीमा प्रसारण भएको नेपाल आइडलमा निर्णायकको भुमिका न्यू बज्राचार्य, ईञ्दिरा जोशी र कालीप्रसाद बांस्कोटाले निभाएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D