कमल पौडेल
बडिगाड, ११ मंसिर । चिटिक्क सजिएको, सानो टाउको, ठुलो शरिर, होंचो तर छमछमि नाच्ने, झट्ट हेर्दा अनौठो लाग्ने, पछि पछि लाहुरेले पछ्याइरहेको, वरिपरिका दर्शक अचम्मित, सवैको खासखुस, अनि विचैमा प्रश्न कहाँ वाट ल्याएको? कस्ती डल्ली? के काम गर्ली? हामीकहाँ हुने काम आउला की नआउला? सवै प्रश्नको गितवाट उत्तर दिँदै काम गरी देखाउने, कुमाल जातीको एउटा ऐतिहाँसिक साँस्कृतिक नाच हो “हेम्फै” ।
परापूर्व काल देखि कुमाल जातीमा देखाउँदै र नाच्दै आएको तर अहिले लोपउन्मुख नाच हो हेम्फै । हेम्फैको खास अर्थ आजकलका कसैले पनी भन्न सक्दैन यद्यपी यसको अर्थ केटा केटि विचको सम्बन्ध हो भन्ने वुझ्न सकिन्छ। विशेष गरि पहिले रोधि वस्ने चलन संग यसको सम्बन्ध देखिन्छ। रोधिघरमा मलायको लाहुरेले उतैवाट माया प्रेममा पारि प्रेमिकालाई विवाह गरि घरमा ल्याइ रोधिमा पुर्याउने र रोधिमा जम्मा भएका सवैले कसरी? किन? कहाँवाट? लिएर आयको नयाँ नानीलाई भनी सोध्ने र आफ्नो समाजमा हुने सवैकाम जाने नजानेको परीक्षा ल्याउने विषय संग जोडियको नाच हो हेम्फै । लाहुरेले प्रेमीकाका सकारात्मक कुरा गर्ने, आफूले जिवनभर धोका नदिने वाचा गर्ने र रोधिमा उपस्थित सवै संग रमाइलो गरि आफूले मयालावाट ल्याएको कोशेलि बाँढ्ने र सवै संग नाच्ने कथा हो हेम्फै ।
हाम्रा साँस्कृतिक पर्व, नाच आदि सामाजिक परिवेश संग जोडिएका छन्। तत्कालिन अवस्थामा त्यो नै सामाजिक परिवेश थियो र उनिहरु त्यसैमा रम्थे। यद्यपी आजभोली आधुनिकता र प्रविधिको विकास सँगै त्यस्ता मौलिक संस्कृति संकटमा पर्दै गएका छन्।
कहिले कसरी नचाइन्थ्यो त हेम्फैलाई?
भाद्र कृष्ण पक्षको औंसि मा सुरु गर्ने तथा शुक्ल पक्षको पूर्णिमामा मा विशेष पुजा आरधना सहित सम्पन्न गर्ने गरि नाचिने नाच हो हेम्फै ।
एकातिर रोधिको समाजले रोधि गाइरहने र अर्को तर्फ कमेरो र माटोको प्रयोग गरेर वनाइएका चन्द्रमा र सुर्यको प्रतिकमा उपस्थित सवैले फुल ले पुजा गर्ने चलन रहेको छ। भाद्र कृष्ण पक्षको औंसिमै फुल टिप्नको लागि दुई कन्या छनौट गरिने र पूर्णिमामा उनिहरुले टिपेको फुलले मात्रै पुजा हुने अर्थात चढाउन सकिने, तर सवैले चढाउन सक्ने यसको विधि छ। रातभर हेम्फै र लाहुरेलाई नचाई विहान तिनै उपवास वसेको दुइ कन्याले ति चढेका सवै फुलहरुको डोली वनाई सवै जना नाच्दै गाउँदै नदिकिनारमा लगि सेलाउने चलन छ।
सवैसमाजका मानिसहरु रोधिघरमा जम्मा भई घर भित्र रहेकी हेम्फैलाई वोलाउने, हेम्फै लिएर संगै लाहुरे आउने,
सुरु टुक्काः हा हा हो ……………
माला र मुग्लानै बाट×२, आयो मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, आयो मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, ढोका खोल हेम्फै×२
माला र मुग्लानै बाट×२, बाटोे खोल हेम्फै×२
विचविचमा गित रोकि ठट्टा गर्ने गरिन्छ र लाहुरेलाई कहाँ वाट? किन? यस्ती डल्ली नराम्री
विचमाः हा हा हो ………………………..
माला र मुग्लानै बाट×२, नाच मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, दैलो लिप हेम्फै×२
माला र मुग्लानै बाट×२, जाँतो पिस हेम्फै×२
माला र मुग्लानै बाट×२, ढिँकि कुट हेम्फै×२
लगाएतका सवै कामको परीक्षा लिने र सवै परीक्षा सकियपछि
माला र मुग्लानै बाट×२, भित्र पस हेम्फै×२
माला र मुग्लानै बाट×२, भित्र पस हेम्फै×२
(कतै बर्मा र मधेशै वाट भन्ने पनी छ।)
यसरी हेम्फै भित्र पसेपनी लाहुरे चाहिँ वाहिरै रहने र लाहुरे संग सवै संगिहरुले रमाइलो गरी नाच्ने काशेलि माग्ने, लाहुरेले सवैजनालाई कोशेलि पुर्याउने र निकै रमाइलो गरि हेम्फैमा नाच्ने गरिन्छ।
यसका गित र कर्म हेर्दा पहाडि भुगोलमा नाचिने देखिन्छ। खासगरि बागलुङ, गुल्मी, गोरखा, तनहुँ, लमजुङमा हेम्फै नाच्ने गरिन्छ यद्यपी हाल यो नाच झण्डै लोप भएको अवस्था छ नयाँ पुस्ता यसका आकर्षित नभएकोले पुस्तान्तरण संगै लोपहुने खतरा छ।
(गुल्मी मुसिकोट नपा ७, वामी टक्सारका टेक वहादुर कुमाल, बागलुङ बडिगाड गापा २, हाँडिखोलाका झलक कुमाल र बडिगाड गापा २, सिमलचौरका मना कुमाल संग गरिएको कुराकानीमा आधारित)