gulminews logo
मंगलवार, २०८१ बैशाख ११

यसपाली रिडी मेलामा जान नपाउनेहरुले हेर्न छुटाउन नहुने १२ तस्बिरहरु (फोटो फिचर)

गुल्मी, पुस ३० । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको माघे सक्राँन्ती मेला सुरु भएको छ । बिगतका वर्षहरुमा जस्तै कार्यक्रम यस वर्ष पनि रुरु फ्रेण्ड क्लवले आयोजना गर्न लागेको हो । त्यस्तै रुरु स्थित आधा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।

कृषि प्रदर्शनी, र्या्फ्टिङ्गबाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रत्यक बर्ष रुकुम, रोल्पा, जुम्ला र सल्यानबाट राडिपाखीको व्यापार गर्न आउने गर्दछन् । उनिहरुको सुबिधालाई ध्यान दिँदै उनिहरुलाई मैदानको गेटको दायाँ तर्फ नि:शुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेलामा समिती, फ्रेण्डस क्लब र प्रशासनको बैठकले मेला अवधीभर मदिराजन्य बस्तुलाई प्रतिबन्ध लगाइएको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडी ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रियङ्का कार्कीको विशेष प्रस्तुती रहने छ । यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा, शिरिष देवकोटा, प्रिती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हाँस्यकलाकार राजा राजेन्द्र, दैनिक रुरुकला केन्द्रको प्रस्तुती, शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार, बिष्णु श्रीपाली, कलाकार दान वीर, पवन परियार, नन्दु परियार, प्रेम लामिछने, मन्जु थापा, माग्ने बुढा, नारायण भण्डारी, सुन्दर भण्डारी, पुर्खे बा, आयुष्मान जोशी, नबिन पौडेल, सम्झना भण्डारी लगायत थुप्रै कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रम बाहेक मौतकाकुवा, बाल उद्यन, पिङ, कालिगण्डकीमा ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनी, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृतिक झल्कने नाचगान तथा स्थानिय भेष्भुषा झल्कने नाचसगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । क्लवले यतिबेला तयारीलाई तिब्र पार्नको लागी आर्थिक तथा मेलाको लागी सबै तयारीको लागी काम गरिरहेको पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।
हेरौँ रिडीबाट सुन्दर कसजुले खिच्नुभएका १२ तस्बिरहरु:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D