gulminews logo
मंगलवार, २०८० चैत्र ६

मेगा बैंकको मुसिकोटमा शाखा रहित बैंकिङ्ग सेवा

अनिल खत्री
५ पुस, गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले मुसिकोट नगरपालिकाको वडानम्बर–२ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख सापकोटाले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । सामाजिक सुरक्षा भत्ता ७५ वर्षका माथीकालाई घरमै पुगेर बितरण गर्न आग्रह गरे । उनले नगरपालिका वासीलाई बचत गर्ने बानीको बिकास गर्न जोड दिए ।

प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बताए । बचत गरिएन भने पछि आफैलाई आफठ्यारो परेको बेला झनै संकट आइपर्ने नगरप्रमुख सापकोटाको भनाई छ । उनले एक घरका एक जना भएपनि खाता खोल्न आग्रह गरे । मुसिकोट नगरपालिकाले दिने सेवा पनि यसै बैंकबाट दिने सापकोटाले बताए ।

ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D