gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मूल्यवृद्धि नघटे आन्दोलन गर्ने गुल्मीका ब्यवसायीहरुको चेतावनी

गुल्मी, माघ ८ । लुम्बिनी अञ्चलका निर्माण व्यवसायीले अप्रत्यासित र असन्तुलित रूपमा भइरहेको निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

तम्घासमा व्यवसायीहरूको अञ्चलस्तरीय भेलाले मूल्य नियन्त्रण गर्न सरकार उदासीन निष्कर्ष निकालेको छ । असन्तुलित रूपमा भइरहेको मूल्यवृद्धि तत्काल नियन्त्रण नभए सबै निर्माण व्यवसायी आन्दोलनमा उत्रने र काम ठप्प पार्ने चेतावनी दिए । निर्माण सामग्रीको मूल्यवृद्धिले ठूला–साना सबै आयोजनाको लागत अस्वाभाविक रूपले बढेको रूपन्देही निर्माण व्यवसायी संघका अध्यक्ष टोपबहादुर रायमाझीले बताए । ‘हामी गम्भीर रूपले सरकारसँग आग्रह गर्दछौं,’ उनले भने, ‘तत्काल हाम्रो मागको सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुनेछौं ।’

स्थानीय प्रशासनमार्फत सबै जिल्लाले मूल्यवृद्धि नियन्त्रण गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अञ्चल स्तरीय भेला गरी आन्दोलनको तयारी गरिएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेल बताउँछन् । ‘गुणस्तरीय निर्माणका लागि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्नुको विकल्प छैन,’ उनले भने । उद्योग र कम्पनीले मूल्यवृद्धि गरिरहँदा सरकार मौन बसेको र अस्वस्थ्य प्रतिस्पर्धालाई प्रश्रय दिएको उनले आरोप लगाए ।

महासचिव हरिकुमार श्रेष्ठका अनुसार पछिल्लो १ महिनामा प्रतिबोरा ७ सय रुपैयाँ पर्ने सिमेन्टलाई हजार, प्रतिकेजी ७० रुपैयाँको छड ९० पुगेको छ । इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भइसकेको छ । -ईकान्तिपुरबाट

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D