gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मुसिकोट नगरभित्रका ४० उत्कृष्ट उद्यमीको घोषणा

विष्णु प्रसाद आचार्य
गुल्मी, फागुन २२ । मुसिकोट नगरप्रमुख दायित्व ग्रामिण उद्यम दु्रतीकरण कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका भित्र रहेका उद्यमीहरु मध्येबाट उत्कृष्ट ४० उद्यमीको घोषणा गरिएको छ ।

फर्म दर्ता भई वृद्धि उन्मुख भएका र दिगो रुपमा सञ्चालन हुन सक्ने सामुहिक महिला दलित जनजाति युवा तथा फरक पहिचान भएका मध्येबाट उत्कृष्ट ४० उद्यमीको छनोट गरिएको हो ।

उत्कृष्ट उद्यमी छनोट कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले यो कार्यक्रमले कृषि र पर्यटनमा टेवा पुग्ने तथा आयात कम गर्न सहयोग पुर्याउने बताउनुभयो । त्यस्तै कृषकरुलाई हौसला प्रदान गर्न समेत सहयोगी बन्ने बताउनुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख कमला शर्मा, निमिक्त प्रमुख प्रशाशकीय अधिकृत प्रकाश घिमिरेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा आर्थिक विकास समिति सयोंजक प्रकाश काफ्ले, र गणेश सिर्पालीले बोल्दै ४० उद्यमी छनोट हुन सफल सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

दायित्व परियोजनाका प्रबन्धक निरन्जन पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा परियोजनाका अधिकृत सुर्य रिजालले स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन एमआईएस फिल्ड सयोंजक महेन्द्र घिमिरेले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D