gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मुसिकोट नगरपालिकाद्वारा बिपन्नलाई घडेरी बितरण, आँपचौरका १२ परिवारलाई घडेरी हस्तान्तरण

रामकृष्ण कंडेल
वामीटक्सार, माघ ०७ । मुसिकोट नगरपालिकाले बिपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदायलाई घडेरी बितरण कार्य शुरू गरेको छ । नगरपालिकाको वडा नम्बर ५ आँपचौरबाट उक्त कार्यक्रम शुरू हुँदा नगरपालिका भित्रका बिपन्न परिवारमा उत्साह जागेको छ ।

पहिलो चरणमा यस नगरपालिकाको वार्ड नं ५ हात्तीगौँडाको १२ बिपन्न घर परिवारलाई सामुहिक रुपमा घडेरी बितरण गरिएको छ । नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबा बिच उनिहरुलाई घडेरी प्रदान गरिएको हो । घडेरी बितरण कार्यक्रममा नेकपा नगर ईन्चार्ज जिबन खरेल, जिल्ला सदस्य युबराज खरेल, आर्थिक संयोजक प्रकाश काफ्ले, सामाजिक बिकास संयोजक हरि छन्तेल, नेकपा नगर कमिटि सदस्य गोपी कृष्ण खरेल, नेकपाका बरिस्ठ नेता रमेश खरेल, शिक्षक हिरा अर्याल लगायत पत्रकार तथा सर्वसाधरणको उपस्थिति रहेको थियो।

मुसिकोट नगरपालिकाले बिपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदायलाई घडेरी बितरण गरिएको र अब घर निर्माणको प्रक्रिया सुरु हुने नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाको वार्ड नम्बर ५ मा मात्र नभई सो कार्यक्रमलाई नगरपालिका भित्रका सबै वडाहरुमा पुर्याऊन कार्यक्रममा उपस्थितहरुले अनुरोध गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D