gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मुसिकोट नगरपालिकाको ९ वटै वडामा विद्युतीय हाजिरी मेसिन जोडीयो

अनिश शर्मा गैरे
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले विद्युतीय हाजिरी मेसिन जडान गरेको छ । नगरपालिकामातहतमा रहेका नौवटै वडामा विद्युतीय हाजीरी मेसिन जडान गरिएको हो । विद्युतीय हाजिरीले कर्मचारीलाई समयमा उपस्थित हुन र आफ्नो जिम्मेवारी समयभित्रै सम्पन्न गर्न बाध्य बनाउने प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले बताए ।

कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको मुसिकोट नगरपालिकाले सुशासन प्रवद्र्धनका लागि धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । भ्रष्टाचार न्यूनीकरण गरी सिङ्गै नगरपालिकाभित्र सुशासन कायम गराउने हो भने सार्वजनिक निकायमा के भइरहेको छ भन्ने विषयमा सूचनाको अधिकार सम्बन्धमा प्रत्येक वडामा पुगी नागरिकलाई सचेत गराउनु पनि नगरपालिको दायित्व बन्न आउँछ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि गरिएको विद्युतीय हाजिरीले कर्मचारी तथा राज्यबाट तलव खान शुरु गरेका जनप्रतिनिधिहरूलाई समेत समयको पालनामा प्रतिबद्ध हुन प्रेरित गर्ने अपेक्षा लिइएको छ ।

जम्मा ३४ जना कर्मचारी रहेको मुसिकोट नगरपालिकामा विहान कार्यालयमा उपस्थित हुने समय र बेलुकी कार्यालय छोड्ने समयमा मेसिनमा औंठा देखाएर हाजिर गर्नुपर्ने हुन्छ, जसको नियमित रेखदेख नगरपालिकाले गर्ने छ । हाल मेसिनमा डाटा इन्ट्री गर्ने काम भइरहेको र आगामी नयाँवर्ष अर्थात् ०७५ वैशाख १ गतेबाट यसलाई कार्यान्वयनमा ल्याइने बताइएको छ ।

आफ्नो स्थापनाकालको वर्षदिनभित्रै नगरपालिकाले शुरु गर्न लागेजस्तै विद्युतीय हाजिरी जिल्लाका सबै सार्वजनिक निकायमा लागु हुन सके नागरिकले तिरेको करबाट सेवासुविधा लिएका राष्ट्रसेवकहरू नागरिकप्रति इमानदार तथा थप जिम्मेवार भई कर्तव्यमा लाग्ने थिए भन्ने स्थानीय सचेतजनको अपेक्षा छ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D