मुसिकोटमा नगरपालिका स्तरीय ३ दिने बाख्रापालन तालिम सम्पन्न

कमल पौडेल
गुल्मी, २३ माघ । गुल्मीको मुसिकोट नगरपालिका पशुसेवा शाखाको आयोजनामा ३ दिने नगरपालिका स्तरीय बाख्रापालन तालिम वामीटक्सारमा सम्पन्न भएको छ । माघ २१, २२ र २३ गते भएको तालिममा नगरपालिका भित्रका ३८ जना वाख्रा पालक किसानहरुको सहभागिता रहेको थियो ।

तालिममा पशु शाखा प्रमुख महेन्द्रराज पन्थी, पशु प्राविधिक विष्णु घिमिरे, अर्जुन थापा र टेकराज भण्डारीले सहजिकरण गर्नुभएको नगरपालिकाका सुचना अधिकृत समुन्द्र रायमाझिले जानकारी दिनुभएको छ। सो तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउन व्यवसायीक बाख्रापालक कृषकहरुको लागि विभिन्न कार्यक्रम संचालन गर्ने र कृषकहरु संग सधै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारी, स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जिसि, कृषि शाखा प्रमुख जनक पौडेल लगाएतको सहभागिता रहेको थियो। सो समापन कार्यक्रम दुर्गा बहादुर रायमाझिको अध्यक्षता तथा पशु शाखा प्रमुख महेन्द्रराज पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D