gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मुसिकोटमा ग्लोवल आइएमइ बैंकका २ वटा शाखा रहित सेवा सुरु

अनिश शर्मा गैरे
गुल्मी माघ ०९ । गुल्मीको मुसिकोट नगरपालिका भित्रमा ग्लोवल आइएमइ बैंकले दुइ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को आँपचौर र वडा नम्बर ६ को भुवाचिदी बजारमा आज शाखा रहित सेवा शुभारम्भ भएको हो ।

सो शाखामा बैंकमा दिने सेवाहरु मध्ये खाता खेल्न, रकम झिक्न र राख्न, रकमको जानकारी लिन, अन्य शाखाहरुमा रकम पठाउन, बिदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने ब्यबस्था रहेको बैंक वामी शाखाका प्रबन्धक माधव उपाध्यायले जानकारी दिए ।

सो सेवाबाट एक दिनमा बिस बिस हजारका दरले ५० हजार रुपैया रकम निकाल्न सकिने तथा ४० हजारका दरले एक लाख रुपैया सम्मा जम्मा गर्न सकिने उनले जानकारी दिए ।

यस सेवाबाट लाभान्वित हुन सबैभन्दा पहिला खाता खोल्नुपर्ने र त्यसपछि बैंकले दिने एटिएम कार्डको माध्यमबाट कारोबार गर्नुपर्ने हुन्छ ।

साथै औठाछाप पनि अनिवार्य हुन्छ । बैंकको मेसिनमा एटिएम राखी औठाछाप दिएमा मात्र रकमको कारोबार गर्न सकिन्छ । स्वयं ब्यक्तिनै आएर औठाछाप लगाएपछि मात्र कारोबार हुने भएपछि यो सेवा बढी भरपर्दो भएको प्रबन्धक उपाध्यायको भनाइ छ ।

भुवाचिदीमा भएको कार्यक्रममा प्रबन्धक उपाध्यायको अध्यक्षता रहेको थियो भने मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता, उपप्रमुख कमला शर्मा, बैंकका मार्केटिँग अधिकृत प्रविण बिक्रम शाही, वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य हरि छन्तेल, गौमाया गुरुङ्ग, उद्योग बाणिज्य संघ गुल्मी जिल्ला सदस्य ज्ञानहरी सापकोटा, समाजसेवी रुद्रहरी सापकोटा, कृष्णहरी सापकोटा आखा उपचार केन्द्र वामीका जग्गा र भवनदाता कृष्णहरी सापकोटा लगायत बिभिन्न संस्थाका प्रतिनिधि, बैंकका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले शाखा रहित बंैकिँग सेवाको भरपुर सेवा लिन जनतालाइ आग्रह गरे ।

यसको अधिकतम प्रयोग गरी यसैलाइ एउटा शाखाको रुपमा स्तरोन्नती गर्ने गरी कारोबार गर्न उनको आग्रह छ ।

मुसिकोट नगरपालिका ले प्रत्येक वडामा बैंकिँग सेवा पुर्याउने लक्ष्य राखेकोमा यस्ता शाखारहित सेवाहरुले त्यो अभियान सफल पार्न सहयोग पुग्ने जानकारी दिए ।

धेरै बर्ष पहिलेबाट भुवाचिदी बजारमा बैंक आउने चर्चा चलेपनि अहिलेसम्म एउटा शाखा पनि स्थापना हुन नसकेकोमा उनले गुल्मी जिल्लामा भएका शाइन रेसुँगा बैंक र पहिलेको गुल्मी बिकास बैंक बिचको टकराव मुख्य कारण भएको सबैमा जानकारी दिए ।

अब बैंकको सेवा यही काउन्टरले दिने उनले बताए । मुसिकोट नगरपालिकाले हरेक कारोबार यही बैंक मार्फत गर्न लागेको जानकारी दिदै उनले यस सेवालाइ निकट भविष्यमा शाखाको रुपमा स्तरबृद्धि गर्न सबै लाग्नुपर्ने बिश्वास राखे ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख शर्माले बैंकिङ्ग सेवा बाट पछाडी परेको भुवाचिदी बजारलाइ अब केही सहज हुने बिश्वास ब्यक्त गरीन् ।

यस काउन्टरले सामाजिक सुरक्षा भत्ता बितरण पनि गर्नुपर्नेमा उनको सुझाब छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ गुल्मी सदस्य ज्ञानहरी सापकोटा, वडाध्यक्ष नारायण सापकोटा, नगरकार्यपालिका सदस्य हरि छन्तेल, बंैकका मार्केटिँग अधिकृत प्रबिण बिक्रम शाही, समाजसेवी रमेशचन्द्र खरेल लगायतले बोलेका थिए ।

बैंकका वामी शाखाका अपरेशन इन्चार्ज बुद्धिमणि खरेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन मजुवा शाखाका अपरेशन इन्चार्ज जीवन खनालले गरेका थिए ।

गुल्मी जिल्लामा यस बैंकका ५ वटा शाखारहित सेवा सुचारु थिए भने आपचौरको सेवा छैठौ र भुवाचिदीको सेवा सातौ सेवाकेन्द्र हुन् ।

भने देशभरमा ६२ औ सेवाको रुपमा भुवाचिदीमा सेवा सुरु भएको हो । सो सेवा भुवाचिदी बजारका सागर सापकोटाले दिने भएका छन ।

बैंक नभएको अवस्थामा सो शाखारहित सेवा पुग्दा कुर्घाबासी खुशी भएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D