gulminews logo
शनिबार, २०८१ बैशाख १५

मुक्तकहरु

-कल्पना पौडेल ‘जिज्ञासु’
:::::::::::एक:::::::::::
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ
नभनी कसैलाई त्यै चरम पीडा सहने बानी छ
साहित्य रस छम्केर भुलाउँदै छु आफु र दुनियाँलाई
नत्र यो सारा जगतनै डुबाउने यी आँखामा पानी छ

:::::::::::दुई:::::::::::

सुखी त्यो घरवारमा बिबादको आगो लगाएर
बाउ आमा दुई किनारा सन्तान टुहुरा बनाएर
आत्मगलानी हुँदैन हे पत्थरले बनेको मान्छे ?
कतिन्जेल बाँच्लास आफ्नो संसारमा रमाएर

:::::::::::तीन:::::::::::

नारीको कोमल मन भावनासँग खेलेर त्यो पुरुष जाती
गर्व गर्दै हिँड्छ यै समाजमा अझै फुलाएर आफ्नो छाती
पटक पटक मानसिक बलात्कार गरी अझै पागल बनाउन
पृथीवीलाई भार ब्यर्थै किन बाँच्छन त्यस्ता अपराधी घाती ?

गैडाकोट नवलपरासी
हाल: काठमान्डौ

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D