gulminews logo
मंगलवार, २०८१ बैशाख ४

मालिका गाउँपालिकामा नि:शुल्क आँखा शिविर संचालन, आँखाको अप्रेशन पनि नि:शुल्क

सन्तोष महतारा
गुल्मी, कार्तिक २८ । गुल्मीको मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन भएको छ । गाउँपालिकाको वडा नम्बर १ नेटामा र वडा नम्बर ३ ह्वाङ्गदीमा निशुल्क आँखा शिविर सम्पन्न भएको मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्त भुषालले जानकारी दिएका छन् । हिजो र आज सम्पन्न भएको नि:शुल्क आँखा शिविरमा करिब चार सयले आँखाको जाँच गराएको स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिएका छन् ।

शिविरमा मोतियाविन्दु भेटिएकालाई आउँदो मंसिर २ र ३ गते मोतियाविन्दुको नि:शुल्क अप्रेसन गरिने मालिका गाउँपालिका गुल्मीले जानकारी दिएका छन् । मोतियाविन्दुको अप्रेसन गर्न गाउँपालिकाले आवतजावतमा पनि सवारी पठाएर सहयोग गर्ने स्वास्थ शाखा प्रमुख बसन्त भुषालले बताएका छन् । शिविरमा ६ बर्षदेखि ८८ बर्षसम्मका नागरिकले आँखाको चेकजाँच गराएका थिए । शिविरमा ४० जनामा मोतियाविन्दुको समस्या देखिएको थियो । मोतियाविन्दु देखिएकाहरुको मंसिर २ र ३ गते गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा निशुल्क रुपमा अप्रेसन गरिने छ । शिविरबाट ८४३ जना लाभवन्ति भएका छन् । ९८ जनामा मोतियाविन्दु देखिएको छ । १०० भन्दा बढीलाई नि:शुल्क रुपमा चश्मा वितरण गरिएको छ ।

स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए । शिविरमा नेटा , दर्लिङ्ग , ह्वाङ्गदी , अर्खबाङ्गका नागरिक सहभागी भएका थिए । शिविर नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मी को प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D