gulminews logo
बिहीबार, २०८० चैत्र १५

मालिकामा उत्पादनमा आधारीत अनुदान, झन्डै साढे १६ लाख रुपैँया बितरण

मनोज कार्की
गुल्मी,१९ साउन । जिल्लाको मालिका गाउँपालिकामा उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ अर्जेमा उत्पादनमा आधारित अनुदान वितरण गरिएको हो ।
मिलीजुली कृषि तथा पशु विकास महिला सहकारी मार्फत अनुदान बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । यस अनुदानबाट १ सय २४ जना कृषक लाभान्वित भएको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानाकारी दिए । गाउँपालिकाले किसानहरुलाई अनुदानवापतको १६ लाख ३४ हजार रुपैँया बितरण गरेको छ ।

वडा नम्वर ६ अर्जेकीदिपा अर्यालले उत्पादनमा आधारीत अनुदानवापतको ३१ हजार रुपैँया प्राप्त गरेकी छन् । त्यस्तै वडा नम्वर ८ मर्भुङ्गकी सरस्वती खड्काले उत्पादनमा आधारीत अनुदानवापतको २८ हजार सात सय रकम प्राप्त गरेकी छिन् । यति मात्रै हैन गाउँपालिका भित्र रहेका थुप्रै कृषकहरुले उत्पादनको आधारमा अनुदान पाएका छन् ।

अनुदान कार्यक्रमले मालिका गाउापालिकाका कृषकमा उत्पादन गर्नमा हौसला मिलेको पाइएको छ । अर्जेको मिलिजुली कृषि तथा पशु बिकाश महिला सहकारी मार्फत मालिका गाउँपालिकाका सबै वडामा लागु गरिएको छ । यसमा दर्लिङ्ग, घमिर, मर्भुङ्ग, अर्जै, अर्खबाङ लगाएतका वडामा लागु गरिएको कार्यक्रम सबै वडामा लागु गर्ने तयारीमा मालिका गाउँपालिका लागि रहेको छ ।

गाउँपालिकाले कृषि उपजको उत्पादनमा बृद्धि गर्न र कृषकलाई हौसला दिन कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर अघि बढेको गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले जानकार दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D