gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

महिनावारी बार्दैनन् गुल्मीका महिला, प्याड खोलेर कार्यक्रम उद्घाटन

गंगा खड्का
गुल्मी, श्रावण ८ । धेरैले महिनावारीलाई प्राकृतिक वरदानको रुपमा नलिई ‘पाप’ भनेर सम्झने गरेका छन् । सुदुरपश्चिम क्षेत्रमा महिनावारीमा ‘छाउगोठ’ बस्ने चलन अझैपनि व्याप्त छ । जसका कारण कैयौँ किशोरीहरुको ज्यान समेत गइसक्यो । तर, गुल्मीका महिलाहरुले महिनावारीलाई ‘प्रकृतिले दिएको बरदान’को रुपमा लिने गरेका छन् । जिल्लाका बहुसंख्यक महिलाहरुले महिनावारी भएको समयमा छुट्टै स्थानमा बस्ने परम्परालाई तोडिसकेका छन् ।

gulmi mahila news
सुरक्षित महिनावारी सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सेनेटरी प्याड खोलेर कार्यक्रम उदघाटन गर्दै

‘महिनावारी भएको बेलामा सरसफाईमा ध्यान दिने गरेका छौँ’,ईस्मा गाउँपालिका–४ स्थित दोहोलीकी ७५ वर्षिय ज्ञानकुमारी कार्कीले भनिन्, ‘हामी बुढाबुढीले त महिनावारी बार्दैर्नौ । केटीहरुले किन बार्ने ?’ घरमा भएका दुई वटी बुहारीहरुले समेत महिनावारी भएको बेला छुट्टै बस्ने नगरेको उनले बताइन् । ‘शुरुमा धेरै कुरा थाहा नपाउँदा महिनावारी बार्ने पनि गरेका थियौँ’,कार्कीले भनिन्, ‘गाउँमा चेतनामुलक कार्यक्रम हुन थालेपछि कुरा बुझेर महिनावारी बार्न छाडेको हो ।’

सुरक्षित महिनावारी सम्वन्धी कार्यक्रम गाउँगाउँमा पुग्न थालेपछि जिल्लाका महिलाहरुले महिनावारीको बेला अलग बस्ने परम्परा छाडिसकेको मुसीकोट नगरपालिकाकी नागरिक समाजका अगुवा विष्णु सापकोटाले जानकारी गराइन् । ‘जिल्लाका पुरुषहरुले पनि यस अभियानलाई सघाउने गरेका छन्’,उनले भनिन्, ‘श्रीमानले साथ दिएपछि धेरै सहज भएको पाइएको छ ।’

बजार क्षेत्रमा भन्दा जिल्लाका दुर्गम गाउँका नागरीकहरुमा यसबारे धेरै कुराको चेतना भइसकेको उनको भनाई छ । ‘अन्य जिल्लामा महिनावारी भएको बेला ज्यानै गुमाउनु पर्ने दुःखद् घटना सुन्नुपरेको छ’,सापकोटा भनिन्, ‘महिनावारी महिलामा हुने एउटा मासिक चक्र हो । महिनावारी नहुँदो हो त कसरी सन्तानको उत्पादन हुन सक्थ्यो होला र ?’ महिनावारीलाई सवैले सजिलैसँग बुझ्ने गरी समाजमा सचेतना फैलाउने कार्यलाई राज्यले नै अगाडी बढाउनुपर्ने उनको धारणा छ ।

सुरक्षित महिनावारी राष्ट्रिय अभियान मार्फत ६ वर्षअघिदेखि जिल्लामा कार्यक्रम हुन थालेपछि महिलाहरुले महिनावारी बार्न छाडेको सरोकारावाला निकाय बताउँछन् । जिल्लाका थुप्रै विद्यालयमा पुगेर छात्राहरुलाई अभिमुखीकरण गर्ने गरिएको संस्थाले जनाएको छ । संस्थामार्फत जिल्ला प्रहरी कार्यालय गुल्मीलाई समेत महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त कार्यालय घोषणा गरिएको छ । छात्राहरुलाई विद्यालयमा पुगेर कार्यक्रम गर्दा दिर्घकालिन रुपमा यसको सकरात्मक प्रभाव पर्ने देखिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D