gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

महासंघ नेपालको खुल्ला तिजगित प्रतियोगितामा भानु माध्यमिक विद्यालयलले हात पा¥यो प्रथम पुरस्कारको राशी ।।

कौरव खत्री

बागलुङ १९ भदौ ।।राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालद्धारा खुल्ला तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।बुधवार बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङमा आयोजित तिजगित तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ बागलुङका माननीय देवेन्द्र पौडेलले तिज हामी सबै नेपालीहरुको साझा मौलक संस्कृति भएकोले यसको जर्गेना गर्नुपर्ने बताए ।साथै सोही अवसरमा नेपाल कम्युनिष्ट केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्जार्ज बलावति शर्मा, स्थायी नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे लगायतका जिल्ला स्तरका नेता कार्यकताहरुसँगै कलाप्रमी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

“लोक संस्कृतिको जर्गेना, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गदै जनतालाई सुसुचित गर्ने” भन्ने मुल नारा सहित विगत २९ बर्ष यता निरन्तर रुपमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङले निरन्तर रुपमा खुल्ला तिजगित तथा नृत्य प्रतियोगिता सञ्चालन गदैै आएको छ ।प्रतियोगतामा १६ समूहको सहभागिता रहेको बहृत खुल्ला तिजगित प्रतियोगितामध्येबाट बडिगाड गाँउपालिका ५ ग्वालिचौरको भानु माध्यमिक विद्यालयलले प्रथम हुदै नगद रु.१६हजार,५सय,५५रुपैया सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै मुसिकोट नगरपालिका ६ भुवाचिदिमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले द्धितीय हुदै नगद रु ११ हजार,५सय,११रुपैया सहित प्रमाण पत्र हात पारेको थिए ।

बडिगाड गाँउपालिका २ खर्वाङ्गमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले तृतीय हुदै नगद रु.५हजार,५सय,५५रुपैया, सहित प्रमाण पत्र हात पारेको थियो ।त्यस्तै सोही प्रतियोगितामा बडिगाड गाँउपालिका ५ ग्वालिचौरको पौदीटारी आभारभूत विद्यालय गायन तर्फ उत्कृष्ट भएको छ भने मालिका गाँउपालिका २ नेटा गुल्मीका विजयशिल युवा क्लव नृत्यमा उत्कृष्ट भएको छ विजेता समूह उत्कृष्ट समूहरुलाई नगद प्रमाण पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा कलाकार,आर्थिक सहयोगीहरु सँगै विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई समेत समान गरिएको थियो ।

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका उपाध्यक्ष गिता पोखरेलको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने दोय राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका सचिव कमल पौडेल र सह सचिव देउमााया रानाको सञ्चालनमा सम्पन्न भएको थियो

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D