Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मनोज सिंह धामीले ल्याए ‘लिपुलेक, कालापानी हाम्रै हो’ - Gulminews

मनोज सिंह धामीले ल्याए ‘लिपुलेक, कालापानी हाम्रै हो’

थम्मन थापा
कात्तिक २९। लोक तथा दोहोरी गायक मनोज सिंह धामीले ‘कालापानी हाम्रै हो’ गीत सार्वजनिक गरेका छन । सुदुरपश्चिमको दार्चुलामा जन्मिएका गायक धामी नेपाली लोक दोहोरी क्षेत्रमा अनवरत गीत संगीतहरु प्रस्तुत गर्दै आईरहेका छन । यस पटक देशको स्वाभिमानको संरक्षण सम्वर्दनको निनित्त शिवदर्शन फिल्मस्को युट्युब मार्फत देशको सिमाना मिचिएको भावमा गीत प्रस्तुत गरेका छन । उक्त गीतमा लय, शब्द तथा संगीत गायक स्वयम धामी को रहेको छ । गीतमा गायक धामीलाई लोकप्रिय गायिका पूर्णकला बिसीले साथ दिएकी छन ।

नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि अहिले देशभर विरोध भईरहेको छ । यसैसन्दर्भमा गायक धामीले आफ्नो तर्फबाट जन्मभुमिको रक्षार्थ सो गीत सार्वजनिक गरेको बताएका छन । गीतलाई समाजसँग जोडेर सृजना गर्ने सर्जक धामीले सार्वजनिक नयाँ गीतमा भारतले नेपाली भूमि मिचेर दादागिरी गरेको कुरालाई लक्षित गर्दै सो नेपाली भुमि भारतले छोड्नुपर्ने उल्लेख छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुला जिल्ला अध्यक्ष समेत रहेका कलाकार धामीको गीतमा भारतबाट मध्येरातमा सिमानाका पिल्लर सारिने गरेको, सिमा विवादले नेपाली जनता मारिने गरेको र यसपूर्व भएका राष्ट्रघाती सन्धी सम्झौता खारेज गरिनुपर्ने माग गरिएको छ ।नेपालमाथि भारतीय विस्तारवादको गिद्दे आँखा जहिल्यै परिरहने भएकाले सिमामा नेपाली सेना खटाउनु आवश्यक रहेको उनिहरुले औंल्याएका छन् । विश्वको अग्लो शिखर सगरमाथाको शान र नेपालीको पहिचान चुक्न दिन नहुने उनिहरुको गीतमार्फत जोड छ । नेपाल–चीन जोड्ने दार्चुलाको तिङकर सडकखण्ड खोलेर भारतको घमण्ड तोड्नुपर्ने र आज नगरे भोलि कसले गर्छ भन्दै अमर सिं थापा र बलभद्र कुँवर झै बलि चढेर भए पनि नेपालको रक्षार्थ सबैले एकजुट भएर लड्न उनीहरुले सबैसँग आग्रह समेत गरेका छन् ।

गीतको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D